Techie IT
  • २७ वैशाख २०८२, शनिबार
KhojPatrika

बालेन र गगनको एउटै सोच, विद्यालयभित्रको राजनीति बन्द गर्ने सहमति !


काठमाडौं । संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा र देशकै चर्चित मेयर अर्थात् काठमाडाँै महानगरका मेयर बालेन शाह एकै ठाउँमा उभिएका छन् । मेयर बालेनले केहि समयअघि संघीय राजधानी काठमाडाँैका शैक्षिक संस्था, विश्वविद्यालय, कलेज तथा विद्यालयमा राजनीतिक दलको संगठन खोल्न नपाइने र संगठन खोल्न प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । मेयर बालेनको उक्त निर्णयको चौतर्फी चर्चा भइरहेको छ ।

बालेनको उक्त निर्णयको चौतर्फी चर्चा भइरहेका बेला संसदको सबैभन्दा ठुलो दल, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उनको निर्णयलाई स्वागत गरेका छन् । योसंगै बालेन र गगनको सहकार्य हुनसक्ने समेत चर्चा भएको छ । स्वतन्त्र मेयरका रुपमा रहेका बालेन र कांग्रेसका महामन्त्री तथा सांसद रहेका थापाबिचको मुद्दा मिलेपछि कतिपयले उनीहरु भावि दिनमा समेत मिलेर जानसक्ने आशंका गरेका छन् ।

सार्वजनिक मञ्चबाटै कांग्रेस महामन्त्री थापाले आफ्नो पक्षमा अभिब्यक्ति दिएपछि मेयर बालेनले महामन्त्री थापालाई सामाजिक सजालमार्फत औपचारिक रुपमा धन्यवाद दिएका छन् । उनले समाजिक संजाल फेसबुकमा लेखेका छन्, “माननीय गगन थापाज्यु, दलको हिजोको एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भन्नु भयो ।

नेपाली कांग्रेसको महामन्त्रीज्युले नै भने पछि,काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ । बोलेको कुरा पुरा गर्नुहोला माननीय ज्यु ।” यसअघि महामन्त्री थापाले सोमबार वीपी कोइरालाको सयौ जन्मजयन्तीको अवसरमा भएको एक कार्यक्रममा शैक्षिक संस्थाभित्रको राजनीतिले शैक्षिक स्तर घटेको भन्दै विद्यालय भित्रको राजनीति बन्द गर्नुपर्ने अभिब्यक्ति दिएका थिए ।

त्यसो त कांग्रेस महामन्त्री थापा समेत विद्यार्थी राजनीतिबाट नेपाली राजनीतिमा प्रबेश गरेका थिए । थापा कांग्रेसको भातृसंगठन नेविसंघको महामन्त्री हुदैँ नेपाली राजनीतिमा पाइला चालेका थिए । विद्यार्थी राजनीतिबाटै उदाएका कांग्रेस महामन्त्री थापाको यो अभिब्यक्तिले भने उनकै आलोचना समेत हुन थालेको छ ।

विद्यार्थी राजनीति गरेर प्रखर वक्ता तथा लिडरको छवी बनाएका थापाले मेयर बालेन्द्रको समर्थनमा अभिब्यक्ती दिएपछि विद्यार्थी संगठनहरुले उनको आलोचना गरेका हुन् । त्यसका अलवा कतिपयले त बालेन र गगन वीचको बोन्डिङले उनीहरु छिट्टै सहकार्यका माध्यमबाट अघि बढ्न लागेको अनुमान समेत गर्न थालेका छन् । यस्तोमा के काठमाडौँका मेयर बालेनलाई कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस प्रबेश गराउलान् ? त्यो भने हेर्न बाँकी छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #बालेन र गगन

तपाईको कमेन्ट लेख्नुहोस्