संसदको नेतृत्व बाहेक एमालेले सबै गुमायो, केन्द्रदेखि प्रदेशसम्म सत्ता विहिन

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा बिश्वासको मत गुमाएसँगै देशको दोस्रो ठुलो दल नेकपा एमाले सत्ताविहिन बनेको छ । केन्द्रमा सत्ता छोडेको ४ महिनामै एमालेले आफुले नेतृत्व गरेका सबै प्रदेशमा सत्ता गुमाएको छ । सत्ताको नया समिकरणका लागी गत वर्ष पुष १० गते नया सहमति बनेपछी नेकपा एमालेका नेता कार्यकर्ताहरु उत्साहित थिए । कांग्रेससँगको साथ छोडेर आफनो क्याम्पमा गठबन्धन गर्न आएपछी एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएका थिए ।
प्रचण्डलाई प्रधानमन्त्री बनाए बापत केन्द्रमा अर्थ सहित ८ मन्त्रालय र प्रदेसमा ३ मुख्यमन्त्री पाएको एमाले अब भने सबै ठाउमा प्रतिपक्षमा पुगेको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको चुनावयता फेरी कांग्रेसकै कित्तामा उभिएपछी एमालेका मन्त्रीहरुले ६४ दिन सरकारमा रहेर सत्ता छोडेका थिए । त्यसपछी लगातार सत्ता गुमाउन थालेको एमाले अहिले कोशी प्रदेशको सत्ता गुमेसँगै केन्द्रदेखि प्रदेशसम्म सत्ताबिहिन बनेको हो । एमालेले गत माघमा सुदुरपश्चिमबाट सत्ता गुमाउन सुरु गरेको थियो ।
सुदुरपश्चिममा प्रदेशसभाबाट बिश्वासको मत नपाउने भएपछी एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले राजीनामा दिएका थिए । सुदुरपश्चिमपछी एमालेले गण्डकी र लुम्बिनी प्रदेश सरकार पनी छोड्नु प¥यो । कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीको नया गठबनधन बन्दा गण्डकीका तत्कालिन मुख्यमन्त्री खगराज अधिकारी र लुम्बिनीका तत्कालिन मुख्यमन्त्री लिला गिरीले छोटो समयमै सत्ता गुमाउनु प¥यो ।
लगातार सत्ता गुमाईरहेको एमालेले कोशी प्रदेश सरकार टिकाउन हरसम्भब प्रयास गरीरहेको थियो । तर उसको प्रयास सफल हुन सकेन । केन्द्रदेखि प्रदेशसम्म सत्ताबाट बाहिर पुगेपछी देशकै दोश्रो ठुलो दल एमालेले अब के गर्ला भन्ने प्रश्न उठेको छ । पछिल्लो समय केन्द्रमा प्रधानमन्त्री प्रचण्डको सरकार ढाल्न कांंग्रेससँग नया गठबन्धन बनाउन लागेको आरोप एमाले माथी छ ।
प्रधानमन्त्री प्रचण्डको सरकार ढालेर राजनीतिक स्थिरताका लागी केन्द्रदेखि प्रदेश सम्म नया गठबन्धन बनाउने गरी एमालेको सक्रियता बढेको राजनीतिक बृत्तमा चर्चा चलेको छ । तर एमाले उपाध्यक्ष युबराज ज्ञवाली भने अब एमालेले ससक्त प्रतिपक्षीको भुमिका निर्बाह गर्ने बताउछन । एकपछी अर्को गर्दै सत्ताबिहिन बनेपछी एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट छन । उनि सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री प्रचण्डको उछितो काढीरहेका छन ।
केहि समय अघि उनले सार्बजनिक मञ्चबाटै प्रधानमन्त्री प्रचण्डमाथी तितो ओकलेका थिए । नेकपा एमाले अहिले प्रतिनिधिसभाका संसदिय समितिको नेतृत्वमा मात्र सिमित छ । त्यसका अलवा गत वर्ष जेठ ३० गते सम्पन्न भएको स्थानिय तह चुनावबाट जेतेको २०६ स्थानिय तहको सत्ता एमालेको हातमा छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमालेले सबै गुमायो, #केन्द्र, #हिक्मतकुमार कार्की
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्