रोमानियामा गायक प्रकाश सपुतमाथि बोतल प्रहार !
काठमाडौं । नेपाली संगित क्षेत्रका चल्तीका गायक प्रकाश सपुतमाथि वोतल प्रहार भएको छ । रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भएको हो । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो ।
आइतबार नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको हो । सपुतले ‘बोल माया‘ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हु¥याइएको थियो । बोतल प्रहारपछि गायक सपुतको निधारमा सामान्य चोट लागेको लागको थियो ।
बोतल टाउकोमा लागेपछि केहि समय स्टेज छाडेका गायक सपुतले पुनः स्टेज फर्किएर गित गाएका थिए । गायक सपुत माथि आक्रमण गर्ने महिलालाई आयोजक टोलीले केहि समय नियन्त्रणमा लिएको थियो । पछि प्रकाश सपुतले नै आक्रमण गर्ने महिलालाई भेटेर सहानुभुती जनाउँदै माफि दिएका थिए ।
सपुतले यो सामान्य घटना भएको र घटनालाई ठुलो रुपमा नलिन आग्रह गरेका थिए । महिलाले समेत रक्सीको तालमा वियर बोतल प्रहार गरेको र अन्य नियत नरहेको आयोजकले प्रष्ट पारेको छ । पछिल्लो समय नेपाली संगीत क्षेत्रमा धेरै चर्चा र विवादमा आइरहने गायक सपुतका सकम्बरी, गलबन्दी, बोलमाया लगायतका गित दर्शक श्रोतामाझ लोकप्रीय छन् । यसअघि गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रकाश सपुत, #प्रकाश सपुतमाथि वोतल प्रहार
ताजा खबर
- १एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- २रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ३फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल
- ४रास्वपालक्षित प्रचण्डः सञ्जालमा हाहा र हुहु गरेर केही हुन्न
- ५गगन थापाको सन्देश– बदलिएको कांग्रेसले सिद्धान्तसँग सम्झौता गर्दैन, सत्तामा जान जोसँग पनि मिल्दैन



तपाईको कमेन्ट लेख्नुहोस्