सरकार फेरबदलको चर्चाले सत्तारुढ गठबन्धनमै हलचल, समाजवादी मोर्चा गठनले कांग्रेस पनि असन्तुष्ट !

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट र समाजवादी मोर्चा गठनले सत्तारुढ गठबन्धनभित्र मतभेद देखिएको छ । यहिबेला संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच नया गठबन्धन बन्नसक्ने बिषय सतहमा आएको छ । एमालेका नेताहरु नया गठबन्धनका लागी तयार रहेको बताईरहेका छन । कांग्रेस महामन्त्री गगन थापाले समेत गठबन्धन फेरीनु कुनै नौलो बिषय नभएको अभिब्यक्ती दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको बागडोर सम्हालेको आधा वर्षमै सत्ता पुनः एकपटक सत्ताको समिकरण फेरबदल हुने बिषयले चर्चा पाएको छ ।
प्रधानमन्त्री प्रचण्डको सरकारलाई हटाउन कांग्रेस र एमालेबिच नया समिकरणको तयारी भइरहेको बिषय सतहमा आएको हो । यसरी दुई ठुला पार्टी बिच सत्ताका लागी नया गठबन्धनको चर्चा चलेका बेला कांग्रेस महामन्त्री गगनकुमार थापाले पनी त्यसलाई बल पुग्ने अभिब्यक्ती दिएका छन । शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा थापाले चित्त बुझेन भने गठबन्धन फेरीनु स्वभाबिक भएको बताएका छन ।
पछिल्लो समय सरकारमाथी असन्तुष्ट पोख्दै आएका थापाले संसदको रोष्टममै उभिएर आफ्नै पार्टीका अर्थमन्त्रीले ल्याएको आगामी आर्थिक वर्षको बजेटको चर्को आलोचना गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीमाथी नै प्रश्न उठाउदै आएका थापाले गठबन्धन ठिक ढंगले नचले फेरीन पनी सक्ने बताएका हुन ।
कांग्रेस महामन्त्री थापाको यस्तो अभिब्यक्तीले अहिले सत्तारुढ गठबन्धन भित्र हलचल ल्याएको छ । त्यसोत सत्तारुढ गठबन्धनको चौथो ठुलो दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले समेत गठबन्धन परिवर्तको प्रयास भएको भन्दै चिन्ता ब्यक्त गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादी काँग्रेससँग सरकार बनाउन तयारी गरिरहेको आरोप नेपालले लगाएका थिए ।
कांग्रेससँग मिलेर नया गठबन्धन बनाउन लागेको आरोप लागेका बेला नेकपा एमालेका उपाध्यक्ष युबराज ज्ञवाली भने प्रधानमन्त्री प्रचण्डको सरकार आफ्नै कारणले ढल्ने बताउछन । सरकार बनाउने अबस्थामा एमाले सधै तयार रहेको भन्दै उनले कांग्रेस एमालेको गठबन्धन बन्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन ।
नया सरकार गठनका लागी कांग्रेस एमालेका दोश्रो तहका नेताहरु सघन संवादमा रहेको बताइएको छ । धेरै साना दलहरुको समीकरण बन्दा राजनीतिक अस्थिरता हुने भन्दै कांग्रेस एमालेका दोश्रो तहका नेताहरुले नया गठबन्धनका लागी सक्रियता देखाएको बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आर्थिक वर्ष, #सत्तारुढ गठबन्धन
तपाईको कमेन्ट लेख्नुहोस्