कोकाहको पानी धरानमा झरेपछी हर्क सामपाङको आँखाबाट खस्यो आशु…
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालीकाका मेयर हर्क सामपाङ राईले कोकाहको पानी धरानमा ल्याएका छन । खानेपानीको चरम अभाबले धरानबासी काकाकुल बनेका बेला मेयर हर्क सामपाङको नेतृत्वमा कोकाहको पानि धरानमा आएको हो । कोकाहको पानी धरानमा झरेपछी हर्क भाबुक बनेका थिए ।
धरानमा अहिले खानेपानीको हाहाकार छ । त्यसोत हरेक गर्मियाममा धरानबासीले काकाकुल हुनुपर्ने बाध्यता छ । लामो खडेरीका कारण वरपरका पानीका मुहानहरु सुक्न थालेपछी धरानमा ४० किलोमिटर टाढा कोकाहबाट पानि ल्याइएको हो । देश विदेशबाट प्राप्त आर्थिक सहयोग र धरानबासीको श्रमदानबाट धरानमा पानी पुगेपछी मेयर हर्क सामपाङले आशु थाम्नै सकेनन् ।
कोकोहाको पानी धरानमा नखसालेसम्म धरान आउदिनँ भनेर तीन दिनदेखि फिल्डमै व्यस्त रहेका उपमहानगरपालिकाका प्रमुख हर्कराज राई अन्ततः पानी ल्याउन सफल देखिएका हुन । करिब ४० किलोमिटर दूरी पार गरेर कोकाहाको पानी गएराति १२ बजेर ३ मिनेटमा माया धराने साबुन उद्योग निर्माणस्थलको केही उत्तरमा पर्ने पकुवा खोलामा वास आउट पोइन्टमा झरेको थियो ।
श्रमदान अभियानमार्फत पाँच इन्चे पाइपमार्फत कोकाहाको पानी ल्याउन सफल भएपछि मेयर हर्क सामपाङ भावुक भए, रोए अनि स्वदेश र विदेशका दाता, संघसंस्था, श्रम अभियानमा संलग्नहरूलाई आभार व्यक्त गरेका थिए । उक्त पानीले धरानका खानेपानी उपभोक्तालाई तत्कालका लागि राहत हुने उनको विश्वास छ ।
मेयर हर्क सामपाङले स्वतन्त्रबाट विजयी भएलगत्तै खानेपानी अभियानलाई तिव्रता दिएका थिए । अनबरत प्रयासपछी कोकाहको पानी धरानमा ल्याउन सफल भएको मेयर हर्क गफ मात्रै गर्दैनन्् काम पनी गर्छन भन्ने पुष्टि भएको छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कोकाहको पानी, #हर्कको आँखाबाट खस्यो आशु
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्