भारत भ्रमणमै रहेका मन्त्रीसहित पशुपतिमा प्रचण्ड, संयोग मात्रै कि कुनै अर्थ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केही मन्त्रीसँगै पहिलो पटक पशुपतीनाथ मन्दिरमा पुगेका छन् । भारत मध्यप्रदेशको महाकालेश्वरमा विषेश पुजा गरेर फर्किएलगत्तै भारत भ्रमणमै रहेको टोलीसहित प्रधानमन्त्री दाहाल पशुपतिनाथ पुगेका हुन् । प्रधानमन्त्रीको पशुपतिनाथ दर्शनलाई भने अनेक अर्थ लगाउन थालिएको छ ।
शनिवार दाहाल मन्त्रीमण्डलका केही मन्त्रीसहित पशुपतीनाथको दर्शनका लागी मन्दिर पुगेका थिए । केही मन्त्री र छोरी सँग पशुपती पुगेका दाहाल ३५ मिनेटको पुजा आराधना सकेर मन्दिर परिसरबाट वाहिरीएका थिए । प्रधानमन्त्री दाहालको मन्दिरमा पुुजा आरधाना गरेको यो दोस्रो पटक हो । तर, पशुपतीमा गएर पुजा गरेको भने पहिलो पटक हो । यसअघि आफ्नो भारत भ्रमणका क्रममा दाहालले उज्जैनस्थित महांकालेश्वरमा पुजा गरेका थिए ।
प्रचण्डले लगातार मन्दीर दर्शनमा दिएको चासोले विभिन्न प्रश्नहरु जन्मीएका छन । भारतको महांकालेश्वरमा गेरुवा वस्त धारण गरेको विषयले समाजिक संलानै तात्यो । कतीपयले अहिलेसम्म पशुपती मन्दीरमा नगएको व्यक्ति भारतको मन्दीरका गरेर भारतीय चाहनाअनुसार मन्दिर गएको आरोप लगाएका थिए । तर, प्रधानमन्त्री दाहालले भने यस्तो आरोपको खण्डन गरेका थिए ।
नेपालमा ८१.३ प्रतीशत हिन्दू धर्माबलम्बीहरु रहेको पछिल्लो जनगणनाको तथ्याङ्कले देखाएको छ । सवैभन्द वढी हिन्दूधर्मावलम्वी भएको मुलुक भएकाले प्रधानमन्त्री दाहाल प्रचण्डले विभिन्न मन्दीरमा गएर पुजा गरेर जनमत बटुल्ने प्रयास गरेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
खासगरी, सशस्त्र विद्रोहताका माओवादी हिन्दूविरोधी गतिविधिमा लागेको, किरियापुत्रीहरूलाई मारेको, मन्दिरहरू तोडफोड गरी, संस्कृतका दुर्लभ ग्रन्थहरू जलाएको र गौहत्या समेत गरेको आरोप लाग्ने गरेको छ । तर, संसदिय राजनितीमा आएपछिका १३ वर्षसम्म कुनै मन्दिर नपुगेका दाहाल अहिले मन्दिर पुग्न थाल्नुलाई नेपालमा शुरु भएको धर्मनिरपेक्षताको बहससँग समेत जोडेर हेर्ने गरेका छन् । कतिपय भारत भ्रमणका क्रममा सहभागि मन्त्री नै प्रधानमन्त्री प्रचण्डले किन रोजे भन्ने प्रश्न समेत उठाएका छन् । कपियले त अव नेपाल हिन्दु राष्ट्र हुने संकेतमा रुपमा समेत बुझेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पशुपतिमा प्रचण्ड, #प्रधानमन्त्री पुष्पकमल, #मन्त्रीसहित पशुपतिमा
तपाईको कमेन्ट लेख्नुहोस्