प्याजको भाउ मनपरी बढाइयो, बजेटमा भ्याट बृद्धि गरेको बाहना !

काठमाडौं । नेपाल प्याजमा आत्मनिर्भर नभएका कारण अन्य देशबाट आयात हुँदै आएको छ । हरेक वर्ष बजेट भाषणपछि मुल्यवृद्धि हुने गरेको थियो । आगामी आर्थिक वर्षको बजेटमा आलु र प्याजमा भ्याट लगाएपनि मुल्यवृद्धि नहुने बताएको थियो । तर, दैनिक रुपमा भान्सामा प्रयोगमा आउने प्याजको मुल्य अहिले ह्वात्तै बढेको छ । जनतालाई राहत दिने नाममा यसरी भएको मुल्यवृद्धिले उपभोक्ता भने मारमा परेका छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् विदेशबाट आयात हुने आलु र प्याजमा समेत भ्याट लगाएपनि मुल्यवृद्धि नहुने दाबी गरेको थियो । तर त्यसको १५ दिन पनि हुन नपाउँदै भ्याट लगाएकै कारण प्याजको मुल्य ह्वात्तै बढेको छ । दैनन्दिन भान्सामा प्रयोग हुने प्याजको मुल्य बढेपछि खरिद गर्नै समस्या भएको उपभोक्ताको भनाई छ । सरकारले प्याजमा समेत भ्याट लगाउने घोषणा गरेपछि प्याज आयात गर्न कठिन हुने व्यापारीको भनाई छ ।
नेपालमा प्रशस्त प्याज उत्पादन नहुँदा भारतबाट आयात गर्नुपर्ने समस्या छ । तर त्यहि प्याजको मुल्य आकासिदा उपभोक्तासँगै व्यापारीहरु पनि मारमा परेको बताउँछन् । पहिले होलसेलमा ३० देखि ४० रुपैयामा विक्रि गरिएको प्याज अहिले ५० देखि ६० रुपैयामा विक्रि भइरहेको र खुद्रा व्यापारीले ८० रुपैया किलोमा विक्रि गर्ने गरेको उनिहरु बताउँछन् ।
यता अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमा आलु र प्याजमा भ्याट लगाएपनि मुल्य वृद्धि नहुने बताएका थिए । प्याजमा नेपाल परनिर्भर छ । २०७८/७९ मा नेपालले ६ अर्ब १७ करोड ५ लाख ७१ हजार रुपैयाँको प्याज आयात गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा भारतबाट करीब १ लाख २७ हजार मेट्रिक टन प्याज आयात भएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालले ४ अर्ब २२ करोड मूल्यको १ लाख ७ हजार टन प्याज आयात गरेको थियो । २०७५/७६ मा १ लाख ७८ हजार टन प्याज आयात गर्न ५ अर्ब ६२ करोड विदेशिएको थियो । नेपालमा मुख्य रुपमा भारतबाट र केही हिस्सा प्याज चीनबाट पनि आयात हुन्छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आलु र प्याज, #देशबाट आयात, #नेपाल प्याज
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्