मेयर बालेनले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बिहिबार आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । बिहीबार सभा गृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो ।
भारतको नयाँ संसद भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर उहाँले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्ने भन्नुभएको थियो, एक कर्मचारीले भने त्यही भएर स्वतन्त्र मेयर भएका कारण उहाँले टिट फर ट्याट गर्न कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने भन्नुभएको हो ।
यस्तै नेपालको नक्सा पनि पुरानो भइसकेको हुँदा ग्रेटर नेपालको नक्सा राखी पुनःस्थापना गरिएको बताइएको छ । मेयर बालेन शाह भने अहिले भारतको बैंगलुरूमै छन् । भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो। उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो ।
उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको भन्दै चौतर्फी बिरोध भइरहेको छ । प्रधानमन्त्रीलाई सांसदहरूले भारतीय संसदमा राखिएको अखण्ड भारत को भित्तेचित्र हटाउन भारतलाई आग्रह गर्नुपर्ने भन्दै कुरा उठाइरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौं महानगरपालिका, #ग्रेटर नेपाल, #मेयरको कार्यकक्ष
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्