Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
KhojPatrika

प्रधानमन्त्रीको भारत भ्रमणमा दौरासुरुवाल हिट, खैरो कोटमा धपक्कै प्रचण्ड र मन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा लगाएको दौरा सुरुवालले चर्चा पाइरहेको छ । प्रधानमन्त्री प्रचण्डले मात्र होईन भारत भ्रमणको प्रतिनिधि मण्डलमा रहेका हरेक सदस्यको पोषाकको प्रसंसा भईरहेको छ । प्रधानमन्त्री प्रचण्ड सँगै दुई देशका प्रतिनिधिबिचको वार्ता र छलफलमा नेपाली प्रतिनिधिहरुले एकै रंगको दौरा सुरुवाल र कोट लगाउने गरेका छन ।

तेश्रो पटक प्रधानमन्त्री बनेपछी दौरा सुरुवाल प्रेमी बनेका प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले भारत भ्रमण क्रममा लगाएको दौरा सुरुवालले चर्चा पाईरहेको छ । यसअघि दुई पटक प्रधानमन्त्रीको रुपमा छिमेकी देश भारतको औपचारिक भ्रमण गर्दा टाई कोट र सर्टमा सजिएका प्रचण्ड यसपटक भने दौरा सुरुवालमा सजिएका हुन ।

प्रचण्डले भारत भ्रमणमा सहभागि अन्य प्रतिनिधिहरुका लागी समेत दौरा सुरुवाल अनिबार्य गरेका छन । नेपाली प्रतिनिधिमण्डलमा सहभागि हरेक सदस्यहरु दुई देशका प्रतिनिधिहरुको वार्ता र छलफलमा औपचारीक पोषाकमा सजिएर सहभागि हुने गरेका छन । प्रधानमन्त्री प्रचण्डको भ्रमण टोली १२० सदस्यिय छ ।

भ्रमण टोलीमा रहेका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल समेत दौरा सुरुवालमा सजिएका छन । बिहिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता हुदा नेपाली सदस्यहरुले लगाएको औपचारीक पोषाक प्रसंसनिय थियो ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको दौरा सुरुवाल मोह बढ्दै गएको छ । तेश्रो पटक प्रधानमन्त्री हुदा प्रचण्डले पहिलो पटक दौरा सुरुवाल लगाएर शपथ लिएका थिए । त्यसअघि दुई पटक प्रधानमन्त्री नियुक्त हुँदा उनले टाई–सूटमा भादगाउँले टोपी लगाएर शपथ ग्रहण गरेका थिए । सशस्त्र विद्रोहमा लागेका तत्कालीन माओवादी पार्टीका नेतादेखि कार्यकर्तासम्म सबैले दौरा, सुरुवाल र कोटलाई ’सामन्ती पोसाक’ भन्ने गर्थे । तर प्रचण्ड सहित अन्य माओवादी नेताहरुले समेत पछिल्लो समय दौरा सुरावल लगाउदै आएका छन ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्