Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

पूर्वराजा ज्ञानेन्द्र शाह र झलनाथ खनालको के हो बिवाद ? देशमा घुम्न नदिने खनालको चेतावनी


काठमाडौं । पछिल्लो समय सडक देखि सदनसम्म राजाबादीहरुले राजतन्त्र पुर्नबाहालीको माग गरिरहेका छन् । सडक र सदनमा राजाबादीको आवाज सुनेर पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता समेत ह्वातै बढेको छ । पूर्वराजा शाहले पछिल्लो दुईहप्तामा देशका विभिन्न ठाउँ पुगेर नागरिक अभिनन्दनमा सहभागी भइसकेका छन् । शाहले नेपालगञ्ज, धनगढी र सुर्खेत पुगेर नागरिकको वीचमा बर्तमान राजनीति र नेताप्रति लक्षित टिप्पणी समेत गरेका छन् ।

पूर्वराजा शाहको सक्रियता देखेर राजाबादीहरु समेत सलबलाउन थालेका छन् । बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल माथि राजाबादीहरुले हमलाको प्रयास गरे । राजधानीमा भएको कार्यक्रममा राजाबादीहरुले राजा विरुद्ध बोलेको भन्दै खनाल विरुद्ध नाराबाजी गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बारे नेताहरुले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । गणतन्त्रबादी नेताहरुको टिप्पणीपछि राजावादीहरुले मुलकमा गणतन्त्र ल्याउन महत्वपूर्ण भुमिका खेलेका शिर्षस्त नेताहरुमाथि नै भौतिक रुपमा आत्र्रmमणको प्रयास गरिरहेका छन् । राजाबादी समर्थकले गणतन्त्रबादी नेताहरुमाथि सार्वजनिक कार्यक्रममै अपमान गरेपछि पुनः एकपटक राजतन्त्र बारे बहस शुरु भएको छ ।

यता बुधबार राजाबादीहरुले गरेको अपमानबारे पूर्वप्रधानन्त्री झलनाथ खनालले विहिबार पत्रकार सम्मेलन गरेर निन्दा गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालभित्रै भ्रमण अन्त्य गरिदिने चेतावनी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रको सक्रियता संगै राजाबादीहरु राजतन्त्र फर्किनेमा विश्वस्त हुन थालेको देखिएको छ । तर गणतन्त्रबादी नेताहरु भने पश्चगमनमा फर्किने कुरा कल्पना गर्न नसकिने बताउदै आएका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई काठमाडाँैमा, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापामा नागरिकहरुले अपमान गरेका थिए । लामो समय देश र जनताको सेवा गर्ने अवसर पाएर पनि जनताका लागि केहि गर्न नसकेको भन्दै दलका नेताहरुप्रतिको असन्तुष्टि समेत देखिइरहेको छ । दशकौँ सत्ताको बागडोर सम्हाल्दा समेत जनताले राज्य र सरकारको अनुभव गर्न नपाएको जनगुनासोलाई पूर्वराजा ज्ञानेन्द्रले क्यास गर्न खोजिरहेका बेला राजबादीहरु समेत त्यसै फाइदा लिने दाउमा देखिएका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #झलनाथ खनाल, #पूर्वप्रधानमन्त्री, #पूर्वराजा ज्ञानेन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं