Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

११ किलो सुन आफूले बोक्नै नसक्ने एमाले अध्यक्ष ओलीको टिप्पणी, औठी समेत लगाउँदैन


काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी हाल्न प्रयोग गरिएको सुनको मात्रा कम भएको विषयमा छानविन गर्नुपर्ने निष्कर्षमा सांसदहरु पुगेका छन् । संसदमा समेत उठेको यो विषय तीन दलका शिर्ष नेताहरुका बिचमा सहमति जुटेपछि सामसुम भएको थियो । तर संसदीय समितिले भने छानविन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

जलहरी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जोडिएको भएपनि एमालेले भने यसलाई भ्रम छर्न खोजेको दाबी गरेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न प्रयोग गरिएको सुनको मात्रा कम भएको विषयमा संसदमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रश्न उठाएका थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जलहरी राखिएको र झण्डै १० किलो सुन गायव भएको दाबी गरेका थिए ।

उनले लगाएको आरोप सत्य नभएको भन्दै एमालेले संसद समेत अवरोध गरेको थियो । संसदको अवरोध खोल्न प्रमुख तीन राजनीतिक दलका शिर्ष नेताहरुले सहमति गरेर दाहालले बोलेको शब्द संसदको रेकर्डबाट हटाइएको छ । तर संसदीय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधवार राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पहिचानका लागि पहल गर्नुपर्ने निस्कर्ष निकालेको हो ।

समितिले महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनमा जलहरी बनाएर बाँकी रहेको सुनको १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख गरिएपनि बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने काममा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको भन्दै यस सम्बन्धमा महालेखा परीक्षकका पदाधिकारी र सरकारसँग छलफल गरि सत्यतथ्य पहिचानको लागि पहल गर्नुपर्ने बताएको छ । यता यही प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गरेका छन् ।

औंठी लगाउने रुचि समेत नभएको मान्छेलाई जिउभरी सुनैसुनले डाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । अध्यक्ष ओलीले सत्यलाई बग्यांएर आफ्नो सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथको ज्योर्तिलिंगमा सुनको जलहरी लगाउने निर्णय गरेका थिए । त्यसैअनुसार जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जलहरी प्रकरण, #पशुपतिनाथ मन्दिर, #सुनको जलहरी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं