जम्बो टोलीसहित प्रचण्ड भारतमा, के–के सम्झौता होला समकक्षी नरेन्द्र मोदीसँगको भेटमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको ५ महिनापछी छिमेकी देश भारतको भ्रमण गरेका छन । १ सय २० सदस्यीय जम्बो टोलीसहित भारत पुगेका प्रधानमन्त्री दाहाललाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन । चारदिने भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री लेखीले स्वागत गरेकी हुन ।
लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि प्रधानमन्त्री प्रचण्डको स्वागतका लागी विमानस्थलमा पुगेका थिए । प्रचण्डको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो । गत वर्ष पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । यसअघि २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्ट्ले स्वागत गरेका थिए । यसअघि प्रधानमन्त्री प्रचण्डको त्रिभुवन बिमानस्थलमा भब्य बिदाई गरीएको थियो ।
प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले विमानस्थलमा विदाइ गरेका थिए । भारत भ्रमणका क्रममा हवाई रुट, नेपाल भारत विद्युत व्यापरलगाएतका विषयमा छलफल र सम्झौता हुने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि दिइसकेका छन् । प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा अन्य पाच जना मन्त्रीहरुको पनि सहभागीता छ । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् ।
प्रधानमन्त्री प्रचण्डले बिहिबार भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलसँग हैदरावाद हाउसमा वार्ता गर्नेछन् । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्री दाहाल जेठ २० मा काठमाडौँ फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नयाँदिल्ली, #प्रधानमन्त्रीको जिम्मेवारी, #भारतको भ्रमण
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्