संसदमा चन्द्र भण्डारीको भावुक सम्बोधन, आफुलाई दिने भनेको पैसाबाट अस्पताल बनाउन सुझाव

काठमाडौं । ३ महिनाअघि खाना पकाउने ग्याँस लिक हुँदा गम्भिर घाइते भएका कांग्रेस सांसद डाक्टर चन्द्र भण्डारी अझै पुर्ण रुपमा निको भइसकेका छैनन् । तर सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न सभामुखसँग इच्छा देखाएपछि बुधबारको बैठकमा विशेष व्यवस्था गरेर भण्डारीलाई बोल्न दिइएको हो ।
नीति तथा कार्यक्रममाथि धारणा राख्न रोष्ट्रममा सहयोगीसहित पुगेका भण्डारीले जलनका विरामीहरुलाई पनि क्यान्सररोहसरहको आर्थिक सहयोग दिन माग गरेका छन् । भण्डारीले अघिल्लो आर्थिक वर्षमा मात्रै ११० जना नेपाली नागरिक जलनमा परेको विवरण सुनाउँदै नेपालमा उपचार गर्नसक्ने अस्पताल बनाउन सरकारसँग माग गरेका छन् ।
उनले सरकारले आफुलाई दिने भनेको आर्थिक सहयोगबाटै अस्पताल निर्माण गर्न समेत सरकारलाई सुझाव दिए । सांसद भण्डारीले ग्याँस र विजुली जस्ता विषयबस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने समेत बताए । नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम नभएको भन्दै भण्डारीले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एशियाकै सवल हुने समेत बताए ।
सांसद भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् । गतवर्षको फागुन ३ गते आफ्नो घरमा ग्याँस पड्किदा गम्भिर घाइते भएका भण्डारी भारतमा उपचार गरेर गत बैशाखमा नेपाल फर्किएका थिए । दुर्घटनामा परेर भण्डारीकी आमा हरिकला भण्डारीको उपचारको क्रममै मृत्यु भएको थियो ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #संसदमा चन्द्र भण्डारी
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्