प्रमुख दलका शीर्ष नेताहरु नै संसद बैठकप्रति गैरजिम्मेवार, हाजिर गरेर टाप, कुर्सी नै खाली !

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सरकारको निति तथा कार्यक्रममाथी छलफल जारी छ । तर राष्ट्रिय महत्वको कार्यक्रम माथी छलफल भईरहेका बेला सांसदहरुको उपस्थिती भने घटेको छ । संसदका अधिकांस कुर्शी खाली छन । जनताको अभिमतबाट संसद भवन पुगेका सांसदहरु जिम्मेवार हुन नसकेको भन्दै आलोचना हुन थालेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको निति तथा कार्यक्रम माथी छलफल जारी छ । सरकारले आगामि एक वर्षमा गर्ने काम र लिने नितीका बिषयमा संसदमा छलफल भईरहेपनी सांसदहरुले भने बैठकलाई ब्यवास्ता गर्ने गरेका छन ।
प्रतिनिधि सभामा ११० समानुपातिक र १६५ प्रत्यक्ष गरी २७५ सांसद छन । तर, संसद बैठकका बेला अधिकांस कुर्शी खाली हुने गरेका छन । सांसदहरु हाजिर लगाउदै टाप कस्ने गरेका छन । जसका कारण भत्ता पचाउन मात्रै सांसदहरू हाजिर गर्न जाने गरेको आरोप अब आरोप मात्रै नरहेको धेरैले टिप्पणी गर्न थालेका छन । देशको आगामी बजेट बनाउने गरी ल्याइएको सरकारको भविष्यसँग जोडिएको नीति तथा कार्यक्रमको छलफलमै सहभागिता जनाउन सांसदहरू नै उत्साही नदेखिएपछी संसद बाहिर र भित्र अनेक दृष्टिकोणबाट चर्चा भर्यरहेको छ ।
सोमबारको बैठकमा निति तथा कार्यक्रम माथी टिप्पणी गर्न रोष्टममा उभिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डिपि आर्यालले संसदमा उपस्थित नहुने सांसद माथी ब्यङ्ग्य हाने । त्यसो त संसदमा कुर्शी खाली हुने गरेको दृस्य अहिलेको मात्र भने हाईन । २०१५ सालमा संसदमै काम गरेका पुर्व मुख्य निर्वाचन आयुक्त सुर्य प्रशाद श्रेष्ठ पहिले पनी सांसदले संसदलाई महत्व दिने नगरेको बताउछन ।
२०१५ सालको चुनाब पछिको संसदमा समेत सांसदको उपस्थिती बिस्तारै घट्दै गएको उनी सम्झन्छन । २०६४ साल यता त झन संसद प्रति सांसदले गैर जिम्मेवार भुमिका देखाउने गरेको श्रेष्ठको भनाई छ । अन्य सांसदको तुलनामा संसदमा शिर्ष नेताहरुको उपस्थिती झन न्युन हुने गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संसदमा बिरलै देख्न सकिन्छ ।
ठुला नेताहरुबाटै अपहेलनामा परेको संसदलाई थप प्रभाबकारी बनाउन आबश्यक रहेको पुर्व निर्वाचन आयुक्त श्रेष्ठ बताउछन् । प्रतिनिधीसभा मात्र होइन राष्ट्रिय सभा र प्रदेशसभाको बैठकमा समेत सांसद र सदस्यहरुको उपस्थिती प्रसंसा गर्न लायक हुने गरेको छैन । देशको राष्ट्रपति देखी प्रधानमन्त्री हुदै प्रदेशका मुख्यमन्त्री सम्म चुन्ने सांसदहरुले देशका लागी महत्वपुर्ण निति नियम र कानुनहरु बनाउने गर्दछन । जनताले यिनै कामहरुका लागी आफ्नो अमुल्य मत दिएर सांसद चुन्छन र संसदमा पठाउछन । त्यसोत संसदमा उठेका सवालहरुमा जवाफ दिनुपर्नेमा सरकारका मन्त्रीहरुले नै संसदलाई उपेक्षा गर्ने गरेको आरोप पनि लाग्दै आएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कुर्शी खाली, #कुर्सी नै खाली, #प्रतिनिधिसभाको बैठक, #हाजिर गरेर टाप
तपाईको कमेन्ट लेख्नुहोस्