लामो दुरीको सवारीको भाडा घट्यो, कुन ठाउँको कति पुग्यो ?
काठमाडौं । सरकारले लामो दुरीमा चल्ने सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी डिजेलको मूल्य घटाएपछि लामो दुरीका सवारी साधनको भाडादर पनि घटेको हो । यातायात व्यवस्था विभागले यात्रुवाहक र मालवाहक सवारी साधनको नयाँ भाडादर समेत सार्वजनिक गरेको छ ।
सरकारले लामो दुरीमा चल्ने सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले मंगलबार राति बाट लागु हुने गरी डिजेल र मट्टितेलको मुुल्य घटाएसंगै लामो दुरीका सवारी साधनको भाडादरको नयाँ मुल्य सुचि सार्वजनिक गरेको हो । डिजेलको मूल्य घटेसँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले मुल्य घटेको छ ।
त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ । भने तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ । ईन्धनको मुल्य बढ्दा भाडादर बढ्ने र मुल्य घट्दा भाडादर पनि घट्ने गर्दछ ।
सवारी साधनको भाडादरमा मुल्य समायोजन हुँदा सम्बन्धित यातायात व्यवसायीले समायोजन भएको मुल्य विपरित भाडा असुलेमा कारबाहि हुने यातायात व्यवस्था विभागको भनाई छ । विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ । यातायात व्यवस्था विभागले लामो दुरीमा चल्ने सवारी साधनको भाडामा समायोजन भएको भाडादर बुधबारदेखि नै लागू भएको जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #लामो दुरी, #लामो दुरीको सवारी
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्