दुई पूर्वगृहमन्त्री हिरासतमा, हात हल्लाउदै अदालत पुगे टोपबहादुर, खाणले दिए वकिलसँग बयान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दुई भिआइपी आरोपीलाई अदालतमा हाजिर गराइएको छ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्व उर्जामन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडाँैमा पेश गरिएको हो । उनीहरु दुबैको सरकारी वकिल कार्यालयमा वयान समेत भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दुई भिआइपीलाई सोमबार काठमाडौं जिल्ला अदालतमा बयान लगिएको छ । प्रक्राउ पूर्जि जारी भएपछि फरार रहेका नेकपा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी आइतबार काठमाडाँै बाट प्रक्राउ परेका थिए । प्रहरी सोमबार उनलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको थियो ।
आरोपी टोपबहादुरलाई धरैले निरास भएर मिडिया सामु देखिन्छन् भन्ने सोच गरेका थिए तर रायमाझी भने हातहल्लाँदै खुसी मुद्राका साथ अदालत प्रबेश गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीको बयान लिएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएलगत्तै उनको बयान सुरु भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखाका डीएसपी निरञ्जन भट्टसहितको टोलीले उनको बयान लिएको हो । यो मुद्दामा बुधबारसम्मअनुसन्धान सकेर फाइल तयार गर्नु पर्ने भएकाले बयान सुरु गरिएको हो । २० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।
यता यही प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका बालकृष्ण खाँणको समेत वयान शुरु भएको छ । यसअघि अदालत पेश गर्ने क्रममा खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफु संलग्न नरहेको दाबी गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान छिटो सक्न प्रहरीलाई दबाब दिन थालेको छ ।
कार्यालयले ४ दिनभित्र अनुसन्धान प्रतिवेदन दिन निर्देशन दिएको बताइएको छ । संगठित अपराध मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानूनी व्यवस्था रहेको भएपनि छिटो अनुसन्धान सक्न कार्यालयले प्रहरीले भनेको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आरोपी टोपबहादुर, #पूर्वगृहमन्त्री, #मिडिया सामु
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्