Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
KhojPatrika

प्रशासनिक खर्च घटाउने अर्थमन्त्री डा. प्रकाशशरण महतको घोषणा


काठमाडौं । बैशाख २४ गते संसदमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको छ । बुधबारको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएसँगै छलफल सकिएको हो ।

सांसदहरुले उठाएको प्रश्न जवाफ दिदै अर्थमन्त्री डाक्टर प्रकाशरण महतले अहिले व्यापारघाटा कायमै रहेको, ऋणको दायित्व बढिरहेको अबस्थामा अर्थतन्त्र सकारात्मक लयमा रहेको बताए । उनले वैदेशिक मुद्रा सञ्चितीको रकम बढ्ने क्रममा रहेको समेत बताए । विकास बजेट खर्च हुन नसकेका कारण अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै उनले मौद्रिक नीति र वित्त नीतिबिच तारतम्य मिलाउनुपर्ने र सरकारको ध्यान त्यसमै केन्द्रित हुने समेत बताए ।

उनले मौद्रिक नीति कसिलो बनाउन नहुने र सरकारले त्यसैअनुसारको काम गर्ने समेत बताएका छन् । विकास बजेट खर्च हुन नसक्ने कारण पहिचान गरेर आगामी आर्थिक वर्ष समाधान गर्ने समेत मन्त्री महतले बताएका छन् । मन्त्री महतले देशको अर्थतन्त्र बाहिर चर्चा गरिएजस्तो अबस्था नरहेको समेत भनेका छन् ।

उनले आगामी आर्थिक वर्षमा पुरा हुने आयोजनामा मात्रै बजेट विनियोजन गर्ने समेत बताएका छन् । मन्त्री महतले बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा बजेट छर्ने काम नगर्ने समेत बताए । अर्थमन्त्रीले जवाफ दिएसँगै छलफल सकिएको छ । र अब सरकारको नीति तथा कार्यक्रम संसदमा पेश हुनेछ । नीति तथा कार्यक्रम पारित भएपछि आगामी जेठ १५ गते सरकारले संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछ ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आगामी आर्थिक वर्ष, #संसदमा सरकार

तपाईको कमेन्ट लेख्नुहोस्