के गर्ला रास्वपा : सरकारलाई दिएको समर्थन कायम वा फिर्ता ?
काठमाडौं । सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय गर्ने जनाएको छ । सरकारबारे निर्णय गर्न रास्वपाले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ ।
संयुक्त बैठक साँझ ५ बजे बैठक बोलाइएको छ । नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर, उसले सरकारको समर्थन भने कायमै राखेको छ ।
वैशाख १० को उपनिर्वाचन जितेर लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ । उपनिर्वाचन जितेपछि लामिछानेले यथास्थितिमा सरकारको समर्थन कायम राखीराख्ने पक्षमा नरहेको प्रतिक्रिया दिएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #समर्थन कायम राख्ने, #सरकार
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्