गण्डकीमा पाण्डे र लुम्बीनीमा चौधरीले लिए सपथ, कर्णालीमा शर्माले पाए विश्वासको मत

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको छ । नेकपा एमाले नेतृत्वको सरकारले प्रदेश सभामा विश्वास गुमाएपछी नेपाली कांग्रेसले गण्डकी र लुम्बिनिमा नया सरकार बनाएको हो । गण्डकीमा सुरेन्द्र पाण्डे र लुम्बिनिमा डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि पद तथा गोपनियताको सपथ लिदै मन्त्रीमण्डल समेत बिस्तार गरेका छन् । उता कर्णालीमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिएका छन ।
नेकपा एमाले नेतृत्वको प्रदेस सरकार ढलेपछी गण्डकी र लुम्बीनीमा नया सरकार बनेको छ । गण्डकीमा खगराज अधिकारी र लुम्बिनीमा लीलानाथ गिरीको नेतृत्वमा रहेको एमाले नेतृत्वको प्रदेस सरकार ढलेसँगै दुवै प्रदेशमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको छ । गण्डकीमा सुरेन्द्रराज पाण्डे र लुम्बीनीमा डिल्ली चौधरीको नेतृत्वमा नया सरकार गठन भएका हुन । गण्डकीका मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको सपथ खुवाएका थिए । मुख्यमन्त्री पाण्डे सहित गण्डकीमा अन्य दुई जना मन्त्रीले समेत पद तथा गोपनियताको सपथ लिएका हुन् ।
सपथ लिएसँगै प्रदेशको चौँथो मुख्यमन्त्री बनेका पाण्डेले तिन सदस्यीय मन्त्रीमण्डल समेत बिस्तार गरेका छन । उनले माओवादी केन्द्रकी सांसद सुशीला सिम्खडा र काग्रेसका सांसद सरस्वती अर्याललाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । उता लुम्बिनीमा मुख्यमन्त्रीको पदको सपथ लिएका नबनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समेत ४ सदस्यीय मन्त्रमण्डल बिस्तार गरेका छन । मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका तर्फबाट धर्मबहादुर चौधरी, लोकतान्त्रिक समाजवादी पार्टिबाट सन्तोष पाण्डेलाई मन्त्री बनाएका हुन । उनीहरूको मन्त्रालय भने टुंगिएको छैन ।
उता कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भने चार महिना भित्रमा तेस्रोपटक विश्वासको मत लिएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका हुन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक–एकजना सांसदले शर्माको पक्षमा मत हालेका हुन । त्यस्तै नेकपा एमालेका ९ र राप्रपाका एकजना सहति १० जना सांसदले विपक्षमा मतदान गरेका छन् ।
४० सदस्यीय प्रदेश सभामा कुल ३९ जना सांसद उपस्थित रहेका थिए । मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए । यसअघि पहिलो पटक शर्माले ६ माघमा विश्वासको मत लिएका थिए । त्यो बेला एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए भने कांग्रेसले विपक्षमा भोट हालेको थियो । राप्रपाले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री शर्माले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए ।
त्यो बेला राप्रपा बाहेकका सबै दलले समर्थन गरेका थिए । तर, राष्ट्रिय राजनीतिकको समीकरण अनुसार कांग्रेस–माओवादीको सरकार बन्ने भएपछि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुन् । पहिलो पटक संसदीय यात्रा थालेका शर्मा पहिलो प्रयासमै मुख्यमन्त्री बनेका हुन् । शर्मा रुकुम पश्चिम–२ बाट निर्वाचित भएका हुन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १प्रधानमन्त्रीको भारत भ्रमणमा दौरासुरुवाल हिट, खैरो कोटमा धपक्कै प्रचण्ड र मन्त्री
- २उज्जैनको महाकालेश्वर बाबा मन्दिरमा प्रचण्डको पूजाअर्चना, चढाए १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ
- ३सम्झौताका सर्त र कानुन मिच्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी !
- ४पूर्वराजा ज्ञानेन्द्र शाह र झलनाथ खनालको के हो बिवाद ? देशमा घुम्न नदिने खनालको चेतावनी
- ५भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर
तपाईको कमेन्ट लेख्नुहोस्