पूर्वाधार निर्माण राति मात्र गर्न काठमाडौं महानगरको निर्देशन, अटेरी गरे ५० हजार जरिबाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वाधार निर्माण तथा मर्मत कार्यलाई रातको समयमा मात्रै गर्न निर्देशन दिएको छ । सार्वजनिक निकायले महानगरभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण, मर्मत लगायतका काम सकेसम्म राति ८ बजेपछि मात्रै गर्ने/गराउने व्यवस्था मिलाउन महानगरपालिकाले निर्देशन दिएको हो ।
महानगरपालिकाले आज सार्वजनिक सूचना निकालेर सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो । यस्तै, निर्माणस्थलमा घेराबार नलगाइ वा सङ्केत नराखि यत्रतत्र राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण जुनसुकै बेला उठाउने पनि महानगरपालिकाले चेतावनी दिएको छ ।
महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन भनेको छ । सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्माणाधीन स्थल सङ्केत गर्नसमेत महानगरले अनुरोध गरेको छ । निर्माण कार्य पूरा भएपश्चात सम्बन्धित निकायले नै सडक वा सडक पेटीको सरसफाइ गरिदिनुपर्ने महानगरले जनाएको छ । सूचना अनुरसार काम नगरे ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने महानगरपालिकाको चेतावनी छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौं महानगरपालिका, #पूर्वाधार निर्माण
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्