कर्मचारीलाई तलव खुवाउन गाह्रो पर्दैछः रक्षामन्त्री खड्का
सुर्खेत । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको बताएका छन् । शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको बताएका हुन् । यसबाट जोगाउन सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन ल्याउने तयारी भइरहेको उनले बताए ।
अर्को प्रशंगमा उपप्रधानमन्त्री खड्काले प्रतिस्पर्धा आफ्नो ठाउँमा रहेपनि मुलक बनाउने र जनताको हितमा काम गर्न, मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र मुलुकको भुगोलको रक्षामा गर्नमा कसैको पनि डर मान्न नपर्ने बताए । केन्द्रीय गठबन्धन अनुसार नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा जाने पनि बताए । एमालेसँगको गठबन्धन अप्राकृतिक भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको मन्त्री खड्काले जानकारी दिए ।
यस्तै, खड्काले चुनावमा गरेका प्रतिबद्धता र प्रधानमन्त्री प्रचण्डले जनतासामू गरेको प्रतिबद्धता अनुसार कर्णालीमा पर्याप्त बजेट पारिने गर्ने बताए । साथै, कर्णाली राजमार्गलाई आगामी बजेटमा राष्ट्रिय गौरवको आयोजनामा समेटने दावी गरे । कर्णाली सरकारले कर्णाली करिडोर सडकको सुरुङ्ग मार्गसहितको डिपिआर गरिसकेको पनि उनको भनाई छ ।
मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला पुगेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का भूमिलाई ढोक गर्दै विमानस्थलबाट बाहिरिएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रक्षामन्त्री पूर्णबहादुर खड्का, #सुर्खेत विमानस्थलमा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्