कर्णालीको उत्कृष्ट शाखाको रुपमा पत्रकार महासंघ रुकुम सम्मानित
काठमाडौं । कर्णाली प्रदेशको उत्कृष्ट जिल्ला शाखाको रुपमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा सम्मानित भएको छ ।
मंगलबार कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको सुनथराली बिमानस्थलमा भएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभाको अवसरमा रुकुम पश्चिम शाखालाई सम्मान गरिएको हो ।
कर्णालीका १० जिल्ला शाखाहरु मध्य कार्यसम्पादनको आधारमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो । कार्यक्रममका कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जिल्ला शाखा अध्यक्ष लक्ष्मण केसीलाई सम्मान सहित उत्कृष्ट शाखाको प्रमाण पत्र प्रदान गरेका थिए ।
पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटाको अध्यक्षमा भएको उक्त कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका पत्रकारहरु, स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखा, #रुकुम पश्चिम शाखा सम्मानित
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्