सहकारी दिवसको अबसरमा देशभर हुने कार्यक्रममा सक्रिय सहभागि हुन सहकारी बैंकको आग्रह
ललितपुर । ६६ औं राष्ट्रिय सहकारी दिवस सन्दर्भमा उपत्यकामा हुने विभिन्न कार्यक्रम सहभागी हुन राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ/संस्थाका प्रतिनिधिहरूलाई एसएमएस मार्फत अनुरोध गरेको छ । दिवसको अवसरमा चैत्र २० गते बिहान ७ बजे उपत्यकाको विभिन्न स्थानबाट निकालिने ¥याली तथा कार्यक्रममा आइतबार संघ/संस्थाका पदाधिकारी तथा सहकारीकर्मीहरुलाई मोबाइलमा एसएमएस पठाएर तोकिएको स्थानमा बिहान ७ बजे ब्यानर सहित अनिवार्य उपस्थित हुन आग्रह गरिएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताए ।
त्यसैगरी बैंकले चैत्र १७ गते आफ्ना सदस्य सहकारी संघ÷संस्थाका प्रतिनिधिहरूलाई टेलिफोन, इमेल, सामाजिक सञ्जाल (मेसेन्जर ग्रुप, भाइवर ग्रुप, व्हाट्सएप ग्रुप आदि) लगायतका माध्यमबाट पनि दिवसमा सहभागिता जनाउन देशभरिका सहकारीकर्मीहरुलाई आग्रह गरेको थियो । नेपालमा सहकारी स्थापना भएको दिनको सम्झना गर्दै हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइने गरिएको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सहकारीको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको आव्हानमा “सहकारीको दिगोपन : स्वनियमन र सुशासन” भन्ने थिम ९नारा० लाई सार्थक बनाउने गरी सहकारीका समसामयिक मुद्दाहरूलाई उजागर गर्न विभिन्न कार्यक्रमहरू साथ भव्य रूपमा मनाउने योजना अनुसार सोमबार ६६ औं राष्ट्रिय सहकारी दिवस राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रीय कार्यालय सहित सबै शाखा कार्यालयहरूको सहभागितामा मनाईदैछ ।
महासंघको अगुवाइमा हुने कार्यक्रममा उपत्यका भित्रका शाखा कार्यालय अन्तर्गत सदस्यता लिई कारोबार गर्ने सदस्य सहकारी संघ÷संस्थाहरुलाई काठमाडौँ उपत्यका केन्द्रित प्रभात फेरी कार्यक्रममा तोकिएको स्थानमा उपस्थित भई माइतीघर मण्डलामा हुने कोण सभामा उपस्थिति हुनको लागि अनुरोध गरेको छ ।
त्यसै गरी उपत्यका बाहिरका शाखा कार्यालय अन्तर्गतका सहकारीकर्मीहरुलाई स्थानीय स्तरमा हुने कार्यक्रममा सक्रिय सहभागिता जनाउन बैंकले आग्रह गरेको छ । दिवसको कार्यक्रमलाई देशव्यापी बनाउन राष्ट्रिय सहकारी महासंघले गत बुधवार पत्रकार सम्मेलन गरी विज्ञप्ति जारी गर्दै प्रदेश, जिल्ला र केन्द्रीय सङ्घहरूमार्फत ¥याली सहित सम्पूर्ण सहकारीकर्मीहरुलाई माइतीघर मण्डलामा उपस्थितिका लागि आव्हान गरेको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सहकारी दिवस
ताजा खबर
- १समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- २कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल
- ३राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः उपसंयोजक नेपाल
- ४नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन
- ५प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला



तपाईको कमेन्ट लेख्नुहोस्