सरकारसँग मिटरब्याज पीडित बार्तामा बस्ने, आन्दोलन भने नरोक्ने
काठमाडौं । काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडित सरकारसँग वार्तामा बस्न तयार भएका छन् । तर, उनीहरुले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता नलिने बताएका छन् ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पीडितलाई न्याय दिलाउन मिटर ब्याजमा लगाउनेलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो । तर, यसलाई आन्दोलनरत पीडितहरुले वार्ताको बातावरण भएको बताए ।
सरकारी वार्ता टोलीसँग वार्ता गर्ने तयारी गरिरहेको आन्दोलनको संयोजन गरिरहेका सन्तोष दाहालले जानकारी दिए । १२ दिनको पैदल यात्रापछि तराई मधेशबाट काठमाडौं आएका मिटरब्याजी पिडितले आन्दोलन गरिरहेका छन् । उनीहरुले आफ्ना माग पूरा नभए घर नफर्किने अडान लिएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #तत्काल आन्दोलन, #मिटरब्याज पीडित
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्