बजार अनुगमन गर्न र राजश्व छली रोक्ने प्रधानमन्त्री प्रचण्डको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सिंहदरबारमा विहिबार जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा प्रधानमन्त्री प्रचण्डले राजश्व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् ।
उनले बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुपर्ने बताए । अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।
छलफलमा अर्थसचिव तोयम राय, राजश्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायीहरू उपस्थित थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आन्तरिक राजश्व कार्यालय, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १मनकामनाबाट फर्केको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु
- २एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)
- ३कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- ४ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ५दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान



तपाईको कमेन्ट लेख्नुहोस्