संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने सत्तारुढ गठबन्धनको निर्णय
काठमाडौं । दश वर्षिय सशस्त्र द्वन्द्वसँग सम्बन्धित विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै सत्तारुढ गठबन्धनले संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेका कानुनहरु परिमार्जन गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ ।
आइबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नौ दलको गठबन्धनको बैठकले सर्वोच्चको आदेशअनुसार कानुनलाई परिमार्जन गर्ने गरी छलफल अघि बढाउने निर्णय गरेको हो । पछिल्लो समय संविधान विपरीत भइरहेको गतिविधिविरुद्ध बैठकमा ध्यानाकर्षण भएको नेपाली कांग्रेकास प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
यो व्यवस्था र संविधानका विरुद्धमा भइरहेका गतिविधिहरुलाई निरुत्साहित गर्नुपर्ने निर्णय भएको लेखकले जानकारी दिएका हुन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसै संसदमा लगिने सचेतक लेखकले बताए । पीडित परिवारलाई ध्यान दिए र कानून पनि बनाउने र आयोगहरु पनि बनाउन अघि बढ्ने बैठकको निर्णय भएको छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #दश वर्षिय सशस्त्र द्वन्द्व, #सर्वोच्च अदालत
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्