सत्ता गठबन्धन संकटउन्मुख, पूरानै गठबन्धन ब्यूँताउने देउवा प्रचण्ड सहमति नजिक
काठमाडौं । पुस १० गते पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउदा बनेको गठबन्धन संकट उन्मुख देखिएको छ । राष्ट्रपतिको उम्मेदवार चयनका लागि सत्ता गठबन्धनमा खटपट भएपछि समस्या उत्पन्न भएको हो ।
प्रधानमन्त्री प्रचण्ड सहमतिय राष्ट्रपति बनाउने भन्दै नेकपा एमालेलाई दिन नसकिने अडानमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुभाव नेम्वाङ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मध्ये एकलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवार दिने गरी छलफल अघि बढाएका छन् ।
बुधबार साँझ कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का लगायत नेताहरु बालुवाटार पुगेका थिए। कांग्रेसका उमेद्वारलाई साथ दिने र पुरानै गठबन्धन ब्यूताउने गरी सहमति भएको बताइएको छ । ४ बर्ष प्रचण्ड र १ बर्ष माधव नेपाल प्रधानमन्त्री हुने गरी कांग्रेसलाई राष्ट्रपति दिने नेताहरुले छलफल चलाएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गठबन्धन संकट उन्मुख, #समस्या उत्पन्न
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्