रोकियो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, प्रचण्ड–ओली छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको हो ।
प्रचण्ड र ओलीबीच छलफल भएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि स्थगित भएको छ । दिउँसो ३ बजेको लागि बोलाएको बैठक स्थगित गरिएको हो । वुधबार अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीसँगको सहमतिपछि आजको लागि बैठक तय भएको थियो ।
दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा दरार आएको छ । बैठकमा सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल गर्ने तयारी थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उच्चस्तरीय राजनीतिक संयन्त्र, #केपी शर्मा ओली, #दाहाल प्रचण्ड
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्