कतारमा चिठ्ठा मार्फत नेपाली युवाले जिते ८२ करोड, बताए अवको योजना

काठमाडौं । कतारमा बस्दै आएका एक जना नेपाली युवाले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झण्डै ८२ करोड चिठ्ठा मार्फत जितेका छन् । जनवरी १६ मा खरिद गरेको चिठा नम्बर २३२९३६ मार्फत नेपाली रञ्जित कुमार पालले यति ठूलो रकम जित्न सफल भएका हुन् ।
विजेता पाल विगत सात वर्षदेखि कतारको राजधानीमा मनी एक्सचेन्ज कम्पनीमा काम गर्दै आएका थिए । यति ठूलो रकम जितेको खबर प्राप्त गरेसँगै उत्साहित भएका पालले सम्पूर्ण रकम नेपालमा रहेको परिवारलाई पठाउने बताएका छन् । ‘मलाई विश्वास नै लागि रहेको छैन । म यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्ने आशा गर्छु।’
पालले कतारस्थित खलिज टाइम्ससँग भनेका छन् । विगत १५ महिना देखि नगद , सुन , गाडी प्राप्त गर्न सकिन्छ कि भन्ने उदेश्यले भाग्य चिठ्ठाका रुपमा चिठ्ठा खरिद गर्दै आएको पालले बताएका छन् । यस अघि दुबईमा कार वाशरको काम गर्ने ३१ वर्षिय नेपाली युवाले २२ करोड रुपैयाँको चिठ्ठा जितेका थिए ।
वैदेशिक रोजगारका लागि दुबई कतार लगायतका देशहरुमा पुगेका नेपाली तथा अन्य तेस्रो मुलुकका कामदारहरुमा यस किसिमको भाग्य चिठ्ठा किन्ने ‘ट्रेण्ड’ बढ्दो गएको मात्रै छैन विजेत बनेर ठूलो धनरासी हात पार्न समेत सफल भैरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #८२ करोड चिठ्ठा, #एक्सचेन्ज कम्पनी, #जना नेपाली, #बिग टिकट र्याफल ड्रको सिरिज
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्