रविलाई गृहमन्त्री दिन प्रचण्डको आनाकानीपछि रास्वपा सरकार छाड्ने मुडमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई पुनः गृहमन्त्रालयमा नियुक्त गर्न आनाकानी गरेपनि गठबन्धनमा संकट पैदा भएको छ । लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे केही निर्णय गर्न नसक्ने प्रधानमन्त्री प्रचण्डले अडान लिएपछि गठबन्धनमा समस्या पैदा भएको हो ।
गृहमन्त्रालय रास्वपाले नै पाउनुपर्ने भन्दै सभापति रवि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । उनले रास्वपालाई नै गृहमन्त्रालय दिन आग्रह गरेका थिए । तर, प्रचण्डले दिन नसकिने जवाफ दिएपछि रास्वपा रुष्ट बनेको छ । सो भेटपछि मंगलबार बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयका बारेमा अदालतको पूर्णपाठ नआउँदासम्म ठोस निर्णय हुँदैन भनेर जवाफ दिएका थिए ।
उनले राष्ट्रपतिका सन्दर्भमा भएको छलफलमा सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयासमा लाग्नुपर्ने धारणा आएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी पनि दिएको छ । आफूलाई प्रचण्डले सकारात्मक जवाफ नदिएपछि अब कसरी अघि बढ्ने भन्नेबारे रविले पार्टीमा छलफल थालेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रास्वपा सरकार छाड्ने मुडमा
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्