संसदमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्नः प्रहरीले मान्न छाडेको हो ?
काठमाडौं । संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि फौजदारी मुद्धाका अभियुक्तलाई पक्राउ गर्न नसकेको आरोप लागेको छ । प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीपछि लागेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै पक्राउ गर्न नसकेको भन्दै आलोचना गरे ।
उनले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका थिए । गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न शुक्रबार विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उनले गृह मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भन्दै प्रश्न गरेका थिए ।
गृहमन्त्रीको केटाकेटीपन देखिएको भन्दै खतिवडाले भने, ‘गृहमन्त्रीले केटाकेटी पनको प्रदर्शन त्यहाँ गर्नुभएन’ उनले प्रश्न गरे, ‘गृह मन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो ?’ खतिवडाले गृह मन्त्रीले सुरक्षा निकायलाई दिएको निर्देशन सार्वजनिक गर्न नहुने पनि बताए ।
उनले भने, ‘मान्छे पक्डिन नसक्ने अनि सूचना जारी गर्ने ? प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा गृहमन्त्री र अभियुक्त सांसद एउटै लाइनमा रहेको भन्दै सांसद खतिवडाले प्रश्न गरे, ‘के माननीय सदस्यले अपराधीलाई चिनाइदिने हो ? गृह मन्त्रीलाई हत्कडी लिएर आउनुस् भनेको हो ? सांसद खतिवडाले गृहम्नत्री फेरि मिडियामा हौवा फैलाएर हिरो हुन खोजेको आरोप लगाएका थिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गृहमन्त्री रवि लामिछाने, #रामहरि खतिवडा
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्