तोकियो प्रधानन्यायाधीश र संवैधानिक पदाधिकारीको पारिश्रमिक, कसले कति पाउँछन् यस्तो विवरण
काठमाडौं । सरकारले कर्मचारीहरुको तलबवृद्धि भएको ६ महिनापछि न्यायाधीश र संवैधानिक पदाधिकारीको पारिश्रमिक टुंगो लगाएको छ । अर्थमन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै न्यायाधीश र संवैधानिक पदाधिकारीको पारिश्रमिक तोकेको हो । सोही अनुसार प्रधानन्यायाधीशको नयाँ तलब १ लाख २ हजार २ सय ९३ रुपैयाँ छ ।
सर्वोच्चका न्यायाधीशहरुको तलब ८५ हजार ४३ रुपैयाँ हुन्छ । न्यायपरिषदका सदस्य र महान्यायाधीवक्ताले पनि सोही तलब पाउनेछन् । उच्च अदालतका मुख्य न्यायाधीशको तलब ८० हजार ७ सय ७ र न्यायाधीशको ७६ हजार ३ सय ८३ रुपैयाँ छ । जिल्ला न्यायाधीशको तलब ६४ हजार ८ सय ९५ रुपैयाँ तोकिएको छ ।
सर्वोच्चदेखि जिल्लासम्मका न्यायाधीशहरुको अरु सुविधा ऐनमा तोकिएको छ । संवैधानिक निकायका प्रमुखको तलब ८० हजार ७ सय ७ रुपैयाँ तोकिएको छ भने सदस्यहरुले ७७ हजार ६ सय ६० रुपैयाँ पाउनेछन् । राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरुको हकमा पनि सोही नियम लागू हुनेछ ।
योजना आयोगका उपाध्यक्षको पारिश्रमिक ७९ हजार ३ सय ८५ रुपैयाँ र सदस्यहरुको ७७ हजार ६ सय ६० रुपैयाँ छ । संघीय संसदका महासचिवले मुख्यसचिव र सचिवहरुले नेपाल सरकारका सचिव सरह हुनेगरी सुविधा पाउने भनी राजपत्रमा जारी सूचनामा छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कर्मचारीहरुको तलबवृद्धि, #न्यायाधीश र संवैधानिक, #पारिश्रमिक टुंगो
ताजा खबर
- १पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
- २ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
- ३आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
- ४सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट (तस्बिरसहित)
- ५क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ



तपाईको कमेन्ट लेख्नुहोस्