तोकियो प्रधानन्यायाधीश र संवैधानिक पदाधिकारीको पारिश्रमिक, कसले कति पाउँछन् यस्तो विवरण
काठमाडौं । सरकारले कर्मचारीहरुको तलबवृद्धि भएको ६ महिनापछि न्यायाधीश र संवैधानिक पदाधिकारीको पारिश्रमिक टुंगो लगाएको छ । अर्थमन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै न्यायाधीश र संवैधानिक पदाधिकारीको पारिश्रमिक तोकेको हो । सोही अनुसार प्रधानन्यायाधीशको नयाँ तलब १ लाख २ हजार २ सय ९३ रुपैयाँ छ ।
सर्वोच्चका न्यायाधीशहरुको तलब ८५ हजार ४३ रुपैयाँ हुन्छ । न्यायपरिषदका सदस्य र महान्यायाधीवक्ताले पनि सोही तलब पाउनेछन् । उच्च अदालतका मुख्य न्यायाधीशको तलब ८० हजार ७ सय ७ र न्यायाधीशको ७६ हजार ३ सय ८३ रुपैयाँ छ । जिल्ला न्यायाधीशको तलब ६४ हजार ८ सय ९५ रुपैयाँ तोकिएको छ ।
सर्वोच्चदेखि जिल्लासम्मका न्यायाधीशहरुको अरु सुविधा ऐनमा तोकिएको छ । संवैधानिक निकायका प्रमुखको तलब ८० हजार ७ सय ७ रुपैयाँ तोकिएको छ भने सदस्यहरुले ७७ हजार ६ सय ६० रुपैयाँ पाउनेछन् । राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरुको हकमा पनि सोही नियम लागू हुनेछ ।
योजना आयोगका उपाध्यक्षको पारिश्रमिक ७९ हजार ३ सय ८५ रुपैयाँ र सदस्यहरुको ७७ हजार ६ सय ६० रुपैयाँ छ । संघीय संसदका महासचिवले मुख्यसचिव र सचिवहरुले नेपाल सरकारका सचिव सरह हुनेगरी सुविधा पाउने भनी राजपत्रमा जारी सूचनामा छ ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कर्मचारीहरुको तलबवृद्धि, #न्यायाधीश र संवैधानिक, #पारिश्रमिक टुंगो
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्