Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

संसदमा हत्या आरोपी एमाले सांसद कोइरीबारे गृहमन्त्री लामिछाने र सांसद खतिवडाबीच जुहारी


काठमाडौं । हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएपछि कांग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखलाई प्रश्न गर्दै हत्याको अभियोग लागेका सांसद संसद बैठकमा भएकाले उनको मतदान प्रक्रिया रोक्नुपर्ने माग गरेका थिए ।

सांसद खतिवडाले हत्या अभियोग लागेका सांसदबारे संसदमै रहेका गृहमन्त्रीको पनि ध्यानाकर्षण गराएका थिए । केहीबेरपछि संसद बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेले आफू कसैको दबाबमा नभ विधि र पद्धतीका आधारमा काम गर्ने जवाफ फर्काए ।

गृहमन्त्री लामिछानेले आफूलाई न्यायोचित र विधिसम्मत काम गर्नमा दबाब नदिन पनि सांसदहरुलाई सचेत गराएका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #रामहरि खतिवडा, #लक्ष्मी महतो कोइरी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं