कर चुक्ता नै नगर्ने प्रज्ञा प्रतिष्ठानसँग कसरी गरे सरकारी निकायले काम ? मिलेमतो आशंका !

काठमाडौं । नेपाल प्राज्ञ प्रष्ठिानले गर्ने थुप्रै गैरकानूनी कार्यमा सरकारी निकायले नै साथ दिइरहेका छन् । प्राज्ञ आधुनिक छापाखानाले आर्थिक बर्ष २०७८–०७९ र २०७९–०८० मा करोडौं रकमको छपाई कार्य कर चुक्ता बिना नै गरेपछि सरकारी कार्यालयको समेत संलग्नता प्रष्टै देखिएको छ । कर चुक्ता बिना नै विभिन्न सरकारी निकायसँग मिलेमतो गरी प्रज्ञा आधुनिक छापाखानामा छपाई सम्वन्धी काम भइरहेको छ ।
कानून त कर चुक्ता प्रमाण पत्र बिना जुनसुकै निकायमार्फत काम गराउनुलाई अनियमितताका साथै गैर कानूनी ठहर हुन्छ । तर, प्राज्ञ छापाखानले नियम कानूनको धज्जी उडाउँदै दुई आर्थिक वर्षदेखि निरन्तर रुपमा कर चुक्ता बिना नै करोडौं रकमको छपाई कार्य गरिरहेको भेटिएको छ । सो छापाखानाले निर्वाचन आयोग, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड, काठमाडौं महानगरपालिका नगरपालिकासँग मिलेर काम गरिरहेको छ ।
पृथ्वीनारायण क्याम्पस, पोखरा, शिक्षा विकास निर्देशनालय, दिपायल, स्वास्थ्य बीमा बोर्ड, कागेश्वरी मनोहरा नगरपालिका, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, स्वास्थ्य सेवा विभाग, शिक्षक सेवा आयोग, संस्कृत विश्व विद्यालयलगायत निकायको छपाई सम्वन्धी करोडौ रकमको काम गरेको छ । छापाखानाले आर्थिक वर्ष २०७७/०७८ देखि कर चुक्ता नगरी १० वटा सरकारी कार्यालयसँग गोप्य रुपमा संझौता गरी काम गरिरहेको भेटिएको छ ।
२०७९ साउन ४ गते यता गोप्य रुपमा ३५ लाख ९९ हजार ७ सय ८५ रुपैयाँ बरावरको काम गरेको बताइएको छ । त्यस्तै मेगा बैंक लिमिटेडसँग २०७९ असार ३२ गते संझौता गरी १९ हजार १ सय ८१ रुपैयाँको काम गरेको छ । त्यसैगरी ग्लोवल प्रिन्ट कनेक्सनसँग मिलेर ८८ लाख १८ हजार १ सय ९० रुपैयाँको काम गरेको छ । यो काम गरे वापत सरकारलाई तिर्नुपर्ने करसमेत तिरेको छैन ।
जनक शिक्षा साम्रगी केन्द्रसँग छापाखानाले ८० लाख ४७ हजार ६ सय ७३ हजार रकम छपाई कारोवार गरेको बताइएको । सो कारोवार बापत सरकारलाई बुझाउनु पर्ने १ लाख ६ हजार ८ सय २७ रुपैयाँ कर पनि दाखिला गरेको छैन । स्वास्थ्य वीमासँग २०७९ असार ३० मा ७७ लाख ७६ हजारको काम गरेको छ । सो बापत सरकारलाई बुझाउनु पर्ने १ लाख ३ हजार २ सय ३३ करे रकम तिरेको छैन ।
गत असार २५ गतेपछि पुन ७८ लाख २४ हजार २ सय १० रुपैयाँ वराबरको काम छापाखानले गरेको थियो । उक्त काम गरे बापतको १ लाख ३ हजार ८ सय ६२ रुपैयाँ सरकारी राजस्व पनि छापखानाले तिरेको पनि छैन । त्यसैगरी निर्वाचन आयोगसँग असार २८ गते ३ लाख ३८ हजार र असार १७ गते ८१ लाख ४२ हजार २ सय ५४ रुपैयाँ बराबर रकमको काम गरेको थियो ।
असार ७ गते ७१ हजार ८१ रुपैयाँको काम गरेको छ । सो बापत क्रमश ४ हजार ४ सय ७८, १ लाख ८ हजार ९० र ९ सय ४४ रुपैयाँ सरकारी कर बापतको रकम तिरेको छैन । असार २५ गते कागेश्वरी मनहरा नगरपालिकासँग ३ लाख १५ हजार ९ सय ८५ बराबरको काम गरेको थियो । सो रकमको ४ हजार ४ सय ५ पाँच राजस्व तिरेको छैन ।
त्यसैगरी काठमाडौं महानगरपालिकासँग असार १९ गते २१ लाख ३३ हजार ४ सय ४० को २८ हजार ३ सय २० बराबरको कर तिर्न बाँकी छ । सोही मितिमा २७ हजार १ सय २० को कर ३ सय ६० तिर्न बाँकी छ । २०७८ माघ २१ मा ३ लाख ८७ हजार ८ सय ९८ को ५ हजार ४ सय ७ र पुस ३० मा २ लाख २९ हजार ५ सय ५४ को ३ हजार २ सय कर तिर्न बाँकी रहेको बताइएको छ ।
यसैगरी शिक्षा सेवा आयोगको २०७८ फागुन ४ मा ६० लाख ६० हजार ६ सय २३ को ८० हजार ४ सय ५३, चैत्र ७ मा २४ लाख १४ हजार ९ सय ३४ को ३२ हजार ४२ को राजस्व तिरेको छैन । त्यस्तै २०७९ असार १५ मा ४ लाख ६ हजार ५ सय १३ को ५ हजार ३ सय ९७ कर भुक्तानी गरेको छैन । कर चुक्ता विना प्रज्ञा छापाखासँग सरकारी निकायले नै कसरी काम गरिरहेका छन् भन्ने गम्भिर प्रश्न उब्जिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल प्राज्ञ प्रष्ठिान, #प्राज्ञ आधुनिक
तपाईको कमेन्ट लेख्नुहोस्