प्रधानमन्त्री प्रचण्डले प्रभावकारी सेवा दिन निर्देशन दिएकै दिन रोकियो राहदानी वितरण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सरकारका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन ३० बुँदे निर्देशन दिए । तर मंगलबार नै राहदानी विभागको रहादानी वितरण अवरुद्ध भएको छ । सेवाप्रवाह र जनसरोकारका विषयमा संवेदनशील हुन प्रधानमन्त्री दाहालले निर्देशन दिईरहँदा राहदानी वितरण कार्यक्रम स्थगित हुँदा आम नागरिकले उस्तै सास्ती खेपिरहेका छन् ।
लामो लाईनले राहदानी बनाउन आएका आम नागरिकहरुको ठूलो संख्या मात्र देखाउँदैन । यो पंक्तीले राहदानी विभागले सेवा प्रवाहमा प्रभावकारीता ल्याउन नसकेको प्रस्ट पार्दछ । विभागमा राहदानी बनाउनका लागि आम नागरिकले सास्ती त खेपिनै रहेका छन् । त्यसमाथि अहिले राहदानी विभागको साईडमा समस्या आएको भन्दै राहदानी वितरण गर्न रोकेपछि आम नागरिकको समस्या थप थपिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार सरकारका सचिवहरुलाई जनताको पक्षमा काम गर्न र सेवा प्रभावलाई थप चुस्तदुरुस्त बनाउँन ३० बुदेँ निर्देशन दिए । प्रधानमन्त्री दाहालको निर्देशनमा भनिएको छ, अब सरकार गठनको एक महीनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, नो अब्जेक्सन सर्टिफिकेट, विरामीको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने लगायतका ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ ।
आम नागरिकसँग प्रत्यक्ष रुपमा जोडिएका राहदानी विभागको सेवा प्रभावमा प्रवाहमा प्रधानमन्त्री दाहालले निर्देशन दिएकै दिन सामस्या आएको छ । यद्यपि राहदानी विभागमा आम नागरिकले पहिलो पटक सास्ती खेप्नुपरेको घटना होईन । राहदानी विभागले सेवा प्रवाहमा प्रभावकारीता नदेउँदा थप समस्या थपिएको छ र राहदानी विभागले मंगलबार सुचना जारी गरेर साईडमा समस्या आएकाले सेवा प्रवाह गर्न नसक्ने जनाएको छ । राहदानी विभागले प्रभावकारी रुपमा कार्यसम्पादन गर्न नसक्दा आम नागरिकले कहिले सम्म समस्या खेप्नुपर्ने कुनै टुंगो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्री दाहाल, #सरकारका सचिव, #सार्वजनिक सेवा
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्