मेयर बालेनले लेखे गृहमन्त्री रविलाई पत्र, सुकुमबासी बस्ती हटाउन सहयोग गर्नुहोस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पत्र लेखेका छन् । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारका सुकुमबासी बस्ती हटाउन सहयोगका लागि पत्र लेखेको हो ।
महानगरले बिहीबार एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गर्दै पत्र लेखेको हो । पत्रमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन र समन्वयका लागि गृहलाई अनुरोध गरेको छ ।
‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित र अनाधिकृत रुपमा रहेको संरचना हटाइ सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भइआएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन’ पत्रमा भनिएको छ ।
‘थापाथलीमा अनाधिकृत संरचना हटाई सौन्दर्यकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ’ गृहलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #बालेन साह, #रवि लामिछाने
ताजा खबर
- १दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
- २विप्लवसँग नारायणकाजीले गरे एक घण्टा छलफल
- ३प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशक इर्साहीबीच भेटवार्ता
- ४गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्नः जीबी राई खोई ?
- ५प्रतिनिधिसभाको बैठक एक बजे, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्