सहकारी अभियानकर्ताले दिए नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना
काठमाडौं । सहकारी अभियानको टोलीले नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई बधाई एवम् शुभकामना दिएका छन् । अर्थतन्त्र विगत केही समयदेखि सङ्कटग्रस्त अवस्थामा गुज्रिएको बेला देशले बुद्धिजीवी, सक्षम, कुशल र सफल अर्थमन्त्रीलाई फेरी पाएको अवस्थामा सहकारीकर्मीहरु उत्साही भएको भन्दै बधाई एवम् सफल कार्यकालको शुभकामना दिएका थिए ।
भेटमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गरी सहकारी क्षेत्रको विकास र बिस्तारका लागि आफ्नो तर्फबाट विगतमा भन्दा राम्रो कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भेटमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती, बैंकका सञ्चालक ज्ञान बहादुर तामाङ्ग, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं लगायतको उपस्थिति थियो ।
क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्