प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरूको यस्तो छ वरीयता, १८ मन्त्रालयको प्रधानमन्त्रीसँगै
	
				
			काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको ८ सदस्यीय मन्त्रीमण्डलमा मन्त्रीहरुको वरीयता निर्धारण गरिएको छ ।
तीन उपप्रधानमन्त्रीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वरियता तेस्रो रहेको छ भने पहिलो वरीयता एमाले उपाध्यक्ष विष्णु पौडेल र त्यसपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको रहेको छ।
यसैगरी मन्त्रीहरुमा ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानको वरीयता रहेको छ । पौडेल, श्रेष्ठ र लामिछानेले क्रमशः अर्थ, भौतिक पूर्वाधार र गृह मन्त्रालय पाउँदा अन्यको कार्यभार भने तोकिन बाँकी छ । हाल कार्यविभाजन नभएकाले प्रचण्डले आफूसँगै १८ मन्त्रालय राखेका छन् ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्