ओली र प्रचण्डले गरे बार्दलीबाट अभिवादन, प्रचण्ड १६६ सांसदको समर्थनमा प्रधानमन्त्री
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको ७ दलीय बैठकले माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति गरेको हो ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले, माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका गरेर एक सय ६६ जना सांसदको समर्थन रहेको छ । प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको एमालेले राष्ट्रपति र सभामुख पाउने छ ।
प्रचण्डलाई समर्थन गरेका दलका नेताहरू अब दाबी पेस गर्न राष्ट्रपति भवनमा जाने तयारी गरेका छन् । सहमतिपछि ओली र प्रचण्डले सामुहिक रुपमा ओली निवास बालकोटको बार्दलीबाट अभिवादन गरेका थिए ।
नेकपा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राप्रपासँग १४, जनता समाजवादी पार्टी जसपासँग १२, जतमत पार्टीसँग छ र नागरिक उन्मुक्ति पार्टीसँग चार जना सांसद रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #केपी शर्मा ओली, #पुष्पकलम दाहाल प्रचण्ड, #प्रधानमन्त्री बन्ने
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्