सांसदहरूको शपथअघि बोलाइयो सर्वदलीय बैठक

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रूपमा राप्रपा सांसद पशुपतिशमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
उनले बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । त्यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बोलाइएको छ ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक–एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालन लगायतका विषयमा छलफल हुनेछ । संसदमा प्रतिनिधित्व गर्ने सबै १२ दलका एक-एकजना र ५ स्वतन्त्र सांसद बैठकमा सहभागी हुने बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राजनीतिक दलहरूको बैठक, #संघीय संसद
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्