अस्ट्रेलियामा दुई पटक प्रधानमन्त्री भएका रुड राजदूतमा नियुक्त
काठमाडौं । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाका लागि नयाँ राजदूत नियुक्त भएका छन् । रुड २००७ र २०१३ मा गरी दुईपटक अस्ट्रेलियाका प्रधानमन्त्री भइसकेका रुडले २०१० देखि २०१२ सम्म विदेशमन्त्रीको पदभार पनि सम्हालेका थिए ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले राजदूतका रुपमा रुडले अद्वितीय भूमिका निर्वाह गर्ने बताएका छन् । केभिन रुड अभूतपूर्व व्यक्ति हुन्, प्रधानमन्त्री र विदेशमन्त्रीको कार्यभार सम्हालिसकेका रुडले राजदूतका रुपमा नियुक्ति स्वीकार गरेर अस्ट्रेलियालाई ठूलो गुन लगाएको प्रधानमन्त्री अल्बानिजले बताए ।
वर्तमान राजदूत आर्थर सिनोडिनोसलाई प्रतिस्थापन गर्दै रुडले आगामी वर्षको सुरुमा आफनो कार्यभार सम्हाल्नेछन् । विश्व शक्तिका रुपमा उदाइरहेको चीनको सामना गर्न दुवै देशले पारस्परिक सुरक्षा सहयोगका गहन बनाइरहेका बेला चीन मामिलाका विज्ञ रुडले अमेरिकाका लागि राजदूतको जिम्मेवारी सम्हाल्न लागेका हुन्।
न्युयोर्कस्थित अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी संस्था द एसिया सोसाइटीका प्रमुख समेत रहेका रुडले २०१३ मा राजनीतिबाट संन्यास लिएयता अधिकांश समय अमेरिकामा बिताउँदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #नयाँ राजदूत नियुक्त, #पूर्वप्रधानमन्त्री केभिन रुड
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्