होला त विवादित प्रज्ञा प्रतिष्ठानको सभा ? उप्रेतिलाई आजिवन सदस्य दिन किन चल्दैछ दौडधुप !

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले मंसिर २५ गते गर्ने भनिएको प्रज्ञा सभा विवादमा परेको छ । निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतिले आफैलाई आजिवन सदस्य बनाउन मापदण्ड र कार्यविधि नै संशोधन गरि जालझेल गरेको बिषय बाहिरिएपछि सभा विवादमा आएको हो । तामझामका साथ गर्न लागिएको प्राज्ञ सभा हुने या नहुनेमा अन्योल छ ।
साउन ३० गते नै वर्तमान कार्यसमितिले अन्तिम पटक भनेर गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाका लागि फेरि मिति तोकिएपछि विवादमा आएको छ । निर्वतमान कुलपति गंगाप्रसाद उप्रेतिले आफैलाई आजिवन सदस्य बन्नका लागि मापदण्ड र कार्यविधि नै संशोधन गरिएको तथ्य सार्वजनिक भएपछि प्रज्ञा सभा रोक्नुपर्ने भन्दै सरोकारवाला निकायले चेतावनी दिए । असोज २१ गते चार बर्षीय कार्यकाल सकेर बाहिरिएका कुलपति उप्रेतीले पदको चरम दुरुपयोग गरेको तथ्य फेला परेको थियो ।
उप्रेतिले आफू अनुकुल कार्यविधि संशोधन नै गरी आफैले गठन गरेको समितिद्धारा आफ्नै नाम सिफारिस गर्न निमित्त कुलपति डाक्टर जगमान गुरुङ र निमित्त सदस्य सचिव डाक्टर होमनाथ पौडेललाई प्रभावमा पारेका थिए । मानार्थ प्रज्ञा सदस्य एवम् आजिवन सदस्यता गर्ने सम्बन्धि मापदण्ड तथा कार्यविधि २०६९ लाई ४८ औं बैठकले संशोधन गरेको थियो ।
संशोधनमा निवर्तमान कुलपति उप्रेतिलाई नै सहज हुने गरी नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा परिषदको पदाधिकारी, प्रज्ञा सभा सदस्य रहेर तीन कार्यकाल पूरा गरी प्रज्ञा प्रतिष्ठानको सर्वाङगीण विकास र गौरवको अभिबृद्धिमा विशिष्ट योगदान पुर्याएका मध्ये प्राथमिकता अनुसार पूर्व कुलपति, पुर्व उपकुलपति, पूर्व सदस्य सचिवलाई दिन सकिने बिषय उल्लेख छ । एउटा ब्यक्तीको निहित स्वार्थमा गर्न लागिएको प्रज्ञा सभा नै स्थगित गर्नुपर्ने माग उठेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सभा रोक्न भन्दै प्रज्ञा प्रतिष्ठानलाई पत्र पनि पठायो । तर, प्रज्ञा प्रतिष्ठानले आफू स्वायत्त निकाय भएको भन्दै पत्र नै फेरि मन्त्रालयमै पठाइदियो । जसले विवादित बनेको सभा गर्ने अडानमा निमित्त कुलपति र सदस्य सचिव लागि परेका छन् । मंसिर २९ गते कार्यकाल सकिदै गरेको समितिले त्यो पनि निमित्त कुलपति र निमित्त सदस्य सचिवले गर्न लागिएको प्रज्ञा सभा माथि नै बैधानिकताको प्रश्न उठ्ने प्राज्ञ क्षेत्रका जानकारहरु बताउछन् ।
सो सभामा प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री जिवनराम श्रेष्ठलाई बोलाएर बैधानिकता दिन खोज्नु गलत भएको उनीहरुको भनाई छ । प्रधानमन्त्री देउवा र मन्त्री श्रेष्ठ कार्यक्रममा सहभागि नहुने बताइसकेका छन् । निर्वाचन आचारसंहिता विपरित निर्वाचन आयोगलाई नै झुटो विवरण बुझाएर गर्न लागिएको सभाको औचित्यमाथि नै प्रश्न उठेको छ ।
एक कार्यकाल उपकुलपति र दुई कार्यकाल कुलपति भएका उप्रेतिलाई मासिक ५० हजारको लोभ लाग्नु नै आश्चर्य भएको मानक नेपाली भाषा अभियान अन्तराष्ट्रिय सञ्जालका अध्यक्ष प्राध्यापक डाक्टर खगेन्द्र लुइटेल बताउछन् । मंसिर २५ गते गर्ने भनिएको प्रज्ञा सभा नै विवादित बनेपछि प्रधानमन्त्री देउवा समेत कार्यक्रममा सहभागि नहुने मनस्थितिमा रहेको बताइन्छ । एक सातामै सबै पदाधिकारी विहिन हुन लागेको प्रज्ञा प्रतिष्ठानमा सभा गर्न खोज्नु नै स्वार्थ हावी भएको प्रष्टै देखिन्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उप्रेतिलाई आजिवन सदस्य, #प्रज्ञा प्रतिष्ठान, #प्रज्ञा प्रतिष्ठानको सभा
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्