सरकारमा जाने जनमत पार्टीको निर्णय, समानुपातिक नामको पनि टुङ्गो लगाइयो
काठमाडौं । सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । जनमत पार्टीले संघका लागि समानुपातिक नामको पनि टुङ्गो लगाएको छ ।
आयोगमा पेस गरिएको समानुपातिक उम्मेदवारको बन्द सूचीअनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनीताकुमारी सिंह र गोमा सापकोटालाई समानुपातिक संसदमा चयन गरेको छ । उनीहरूको नाम निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #जनमत पार्टी, #सरकारमा जाने
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्