Techie IT
  • १८ मंसीर २०८१, मंगलबार
KhojPatrika

२०७४ पछि स्वास्थमन्त्री बन्ने सबै नेता पराजित, कमिसनको चक्करदेखि हिनामिनासम्मको आरोप


काठमाडौं । २०७४ को निर्वाचनपछिको पाँच वर्षमा स्वास्थ्य मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका अधिकाशंले हार व्यहोरेका छन् । आफ्नो कार्यकालमा जिम्मेवारी प्रभावकारी रुपमा सम्हाल्न नसकेका कारण आम असन्तुष्ट बढेसंगै स्वास्थ्य मन्त्रालय सम्हालेका अधिकांश मन्त्रीको संसद यात्रामा ब्रेक लाग्यो । २०७४ को प्रदशेसभा र प्रतिनिधिसभा निर्वाचन पछि मात्रै स्वास्थ्य मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको रुपमा १० जनाले जिम्मेवारी सम्हाले । उनीहरु मध्ये हालका मन्त्री भवानीप्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसी बाहेक अन्य मन्त्री तथा राज्य मन्त्रीले यसपटकको प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा.उमेद्वार बनेका थिए । तर यसपटक उनीहरुले लज्जास्पद हार व्यहोरेका छन् ।

त्यस्तै बिगतका स्वास्थ्य मन्त्रीहरुले समेत यसपटकको चुनाबमा जनताको मन जित्न नसकेको स्पष्ट देखिएको छ । यीनै मन्त्रीहरु मध्येका मन्त्री हुन् उपेन्द्र यादव उपप्रधानसहितको जिम्मेवारी सम्हालेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव पनि भारी मतान्तरले पराजित भएका छन । उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले पारजित गरेका हुन् । कोरोना कालम विवादमा आएका भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचनमा होमिएका थिए । उनलाई नोबल मेडिकल कलेजका सञ्चालक नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले पराजित गरेका हुन् ।

नेपालमा कोरोनाको महामारीमा प्रभावकारी काम गर्नुका सार्थै स्वास्थ्य सामाग्री खरिदमा हिनामिना गरेका आरोप उनमा छ । निर्वाचनमा पराजित भएका अर्का पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा थिए । उनलाई नेपाली कांग्रेसका विनोद चौधरीले पराजित गरेका हुन । मन्त्री नियुक्त भएको केही समयपछि नेपालमा कोभिडविरुद्धको खोप आएपछि उनको केही दिन सकारात्मक चर्चा भएको थियो । तर, त्यसपछि खोप खरिदका विषयमा एजेन्टहरुले खेलेको विषय बाहिर आएको थियो । त्यस्तै अर्काे मन्त्री शेर बहादुर तामाङले पनि यसपटकको निर्वाचनमा पराजित भएका छन् ।

सिन्धुपाल्चोक– २ बाट कांग्रेसका मोहन बस्नेतले तामाङलाई पराजित गरेका हुन् । त्यसपछि स्वास्थ्यमा राज्यमन्त्रीका रुपमा उमेश श्रेष्ठले जिम्मेवारी सम्हाले । स्वास्थ्य राज्यमन्त्री हुँदा केहि काम गर्न खोजेको भन्दै उनको प्रशंशा पनि भएको थियो ।पछि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले पराजित गरेका हुन् । त्यसपछि प्रधानमन्त्री देउवाले २०७८ असोज २२ गते एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।

खतिवडा पनि यो निर्वाचनमा पराजित भएका छन् । मकवानपुर– २ बाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका खतिवडालाई एमालेका महेशकुमार बर्तौलाले पराजित गरेका हुन् । खतिवडा पनि मन्त्रालयमा कुनै योजना र तयारी बिना नै स्वास्थ्यको नेतृत्वमा आएको भन्दै उनले मन्त्रालयको काममा चासो नदिएको आरोप छ ।

२०७४ को निर्वाचनपछि सबैभन्दा पहिला स्वास्थ्य मन्त्रालयमा नेतृत्व गर्न आइपुगेकी पद्मा अर्यालको निर्वाचनमा होमिएका मध्ये पद्मा अर्यालको निर्वाचन क्षेत्रमा विवादका कारण अझै मतगणना हुन सकेको छैन । पूर्वस्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव पनि पराजित भएका छन् । काठमाडौ ४बाट पूर्व स्वास्थ्य मन्त्री गगन थापा र रुपन्देही ३ बाट पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा निर्वाचित भएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कमिसनको चक्कर, #स्वास्थमन्त्री बन्ने सबै नेता पराजित

तपाईको कमेन्ट लेख्नुहोस्