सुरु भयो सत्ता बनाउने जोडघटाउको रणनिति,दलमा छलफल नहुँदै नेता हुन थाले सक्रिय

काठमाडौं । संघ तथा प्रदेशको निर्वाचनको अन्तिम परिणाम आउने क्रममा छ । कुनै पनि दलको बहुमत नआएको अवस्थामा प्रधानमन्त्री को बन्ला भन्ने चासो छ । शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, रामचन्द्र पौडेल, गगन थापालगायतले प्रधानमन्त्री बन्ने आकांक्षा देखाएका छन् । यस्तो परिस्थितीमा सत्ता गठबन्धन फुटाउने ओली रणनीति तथा शक्तिमा स्थापित हुन थालेका स्वतन्त्र दलको भुमिका महत्वपूर्ण हुने देखिएको छ । निर्वाचनको परिणामले कुनै पनि दललाई बहुमत पुग्ने अवस्था छैन । सरकार गठनका लागि चाहिने १ सय ३८ सिट पुर्याउन दलहरु विच कार्यगत एकता अनिवार्य छ । नेपाली काँग्रेस एमाले भन्दा केही सिटले मात्रै पहिलो दल बन्ने संभावना छ ।
यद्यपी समानुपातिकको सिट संख्या निर्वाचन आयोगले तय गर्न मंसिर २२ सम्म कुर्नुपर्ने छ । यो विचमा एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई मिलेर जानुपर्ने अवस्था आएको बताइसकेका छन् । शनिवार पनि प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहाल विच भएको भेटमा गठबन्धनलाई निरन्तरता दिने अनौपचारिक सहमती भएको बुझिएको छ । यद्यपी माओवादी महासचिव देव गुरुङले समानुपातिक सिटको नतिजा आइसकेपछि पार्टीले समिक्षा गर्ने र यसबारेमा निर्णय गर्ने बताए ।
अध्यक्ष ओलीलाई प्रधानमन्त्री घोषणा सहित एमाले निर्वाचनमा गएको थियो । तर, जनादेश एमालेले भने जस्तो नआएपछि ओलीले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्ने र सत्ता गठबन्धन फुटाउने चर्चा चल्ने गरेको छ । नयाँ प्रधानमन्त्री को वन्लान भनेर अनुमान गर्ने अवस्था समेत अहिल देखिदैन किन कि यसका लागि माओवादी, एकिृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगाएतका दलको समेत समर्थन लिएर मात्र काँग्रेस वा एमालेले सरकार बनाउने अवस्था आउन सक्छ । तर, संसदको तेश्रो दलको हैसियत पाउने संभावना भएको माओवादीको भुमिकाले नै आगामी सरकार कसको बनाउने भन्नेमा मुख्य भूमिका हुने देखिन्छ ।
काँग्रेसले भने सत्ता गठबन्धनको नेतृत्व गरेको कारण स्वभाविक रुपमा देउवाले सरकार बनाउने र माओवादीले समर्थन गर्ने वातावरण बनिसकेको दावी गरेको छ । सता, शक्ति र सम्पतीका साथै रवाफिलो जीवन शैली आर्जन गर्न सकिने कार्यकारी पदमा पुग्न काँग्रेसमा वर्तमान प्रधानमन्त्री तथा पार्टि सभापति देउवा वरिष्ठ नेता पौडेल,महामन्त्री गगन थापा पूर्वमहामन्त्री शशांक कोइराला आकाक्षी छन । यो विषयको ब्यावस्थापन गदै अगाडी बढन देउवालाई सकस हुने निश्चित छ ।
उता माओवादी अध्यक्ष दाहाल पनि सरकारको नेतृत्व गर्न इच्छुक छन् । सत्ताको नेतृत्व गर्न लालयित देखिएका देउवा,ओली वा प्रचण्डसँग बहुमत पुयाउन संसदमा रहेका अन्य दलको शमर्थन जरुरी छ । यस्तो अवस्थामा ती साना दललले आफनो स्वार्थ अनुकुल लेनदेन पक्कै गर्नेछन् । जसका कारण मुलुकमा थप राजनीतिक अस्थिरता आउने होकि भनेर अनुमान हुन थालेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नयाँ प्रधानमन्त्री को वन्लान, #बहुमत नआएको अवस्था, #सत्ता बनाउने जोडघटाउ
तपाईको कमेन्ट लेख्नुहोस्