मतदान गर्न जाँदा छुटाउनै नहुने कागजात,यस्ता छन् लिनै नहुने बस्तु
काठमाडौं । आइतबार अर्थात् मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो मत जाहेर गर्न मतदाता परिचय पत्र वा नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी पूर्जा, सवारी लाइसेन्स वा राष्ट्रिय परिचयपत्रमध्ये एउटा परिचय पत्र बोकेर जान निर्वाचन आयोगले आग्रह गरेको छ ।
मतदान गर्न जाँदा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायत कुनै पनि निषेधित वस्तुहरू नबोक्न पनि आगोगले आग्रह गरेको छ । निषेधित वस्तुहरू मतदान केन्द्रमा लिएर गएमा सामग्रीहरू जफत गर्ने चेतावनी प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
साथै, मतदान गर्न आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका लगायतलाई आवश्यक सहयोग गर्न र पहिला मतदान गर्ने व्यवस्था मिलाउन पनि सम्बन्धित पक्षसँग अनुरोध गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा अनावश्यक होहल्ला नगर्न, भीडभाड नगर्न, कुनै पनि तर्क वितर्क नगर्न पनि सचेत गराएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मतदान केन्द्र
ताजा खबर
- १शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- २क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ३सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- ४सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ५कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल



तपाईको कमेन्ट लेख्नुहोस्