Techie IT
  • १८ जेठ २०८२, शनिबार
KhojPatrika

निर्वाचनको मौन अवधिमा के–के गर्न पाइन्छ ? आचारसंहिता उलंघन गरे २५ हजार जरिवाना


काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको स्थीर समय शुरु भैसकेको छ । स्थीर अवधिमा मत प्रभावित गर्ने गरि अबान्छित गतिबिधि, पैसाको चलखेल हुने बिषय यस अघिका निर्वाचनमा पनि प्रशस्त भएका थिए । यस पटक पनि यहि अबधिमा मतदातालाई प्रभावित गर्ने गरि चलखेल हुनसक्ने आँकलन गरिएको छ । आम निर्वाचन २०७९ को स्थीर अवधी सुरु भएको छ ।

मतदानको ४८ घण्टा अघिदेखि लागु हुने स्थीर अवधीमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाँइदैन । तरपनि निर्वाचन क्षेत्रमा स्थीर अवधिकै बीच गुपचुप रुपमा मत आफ्नो पक्षमा पार्ने कसरत हुने बिगतको दृष्टान्तले देखाउछ । यही अवधिमा अधिकांश चुनावी आंकलन ‘उलटफेर’ हुने गरेको विगतको गतिविधीबाटै प्रष्ट हुन्छ ।

स्थीर अवधीमा प्रतिस्पर्धामा रहेका उम्मेदवारले तटस्थ मत र विपन्न बस्तीका मतलाई खरिद गर्न मोलतोल तथा पैसाको चलखेल गर्न सक्ने नागरिक अगुवा श्याम श्रेष्ठको बुझाई छ । यस अवधिको कसरतले जित्ने पक्का भनिएको उम्मेदवारलाई पछारेर अर्को उम्मेदवार अघि बढेका र अप्रत्यासित परिणाम आएका उदाहरण थुप्रै छन् ।

पैसा लगायतको चलखेल मात्रै होइन्, यो अवधी मतदातालाई विवेक प्रयोगको समय पनि हो । नेपालको सन्दर्भमा मतदाताहरुले सोचबिचार पुर्याई राम्रो व्यक्तिलाई मतदान गर्न सक्ने यस अवधीमा उत्तिकै भूमीका रहने राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य सुदीप पाठक बताउँछन् । पाठकले मतदाताहरुलाई आर्थिक गतिविधिबाट सजग रही विवेक प्रयोग गर्दै मतदानमा सहभागी हुन सुझाव दिएका छन् ।

निर्वाचनको स्थीर अवधीमा हुने सक्ने आर्थिक लगाएतका चलखेललाई रोक्न निर्वाचन आयोगले सुक्ष्म अनुगमन गरेको बताएपनि त्यस्को प्रभावकारितामा भने धेरैले प्रश्न उठाएका छन् । चुनावमा देखिने भन्दा नदेखिने गरि आर्थिक चलखेल भएको, प्रमुख दल एवं तीनका उम्मेदवारले अस्वभाबिक रुपमा खर्च गरेको जस्ता बिषयले पनि निर्वाचनको निष्पक्षता तथा बिश्वसनियतामा ठूलो प्रश्न उठाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #मौन अवधि, #स्थीर समय

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं