Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

संसदमा प्रबेश गर्ने तयारीमा रहेका श्रीमान–श्रीमती,क–कसलाई पर्ला चिठ्ठा


काठमाडौं । अघिल्लो चुनावहरुभन्दा यो पटकको चुनावमा धेरै रोचक दृश्य देखिएको छ । उम्मेदवार छनोटमा दलहरुको स्वेच्छाचारिता यति हदसम्म देखियो की पार्टीमा सक्षम र इमान्दारी नेतालाई पन्छाएर आफ्नै परिवारभित्रकैलाई उम्मेदवार बनाए यहाँसम्मकी यो पटक श्रीमान्–श्रीमतीदेखि, सालाभिना, मामा–भान्जा, काका भतिजसम्मले चुनाव लडेको रोचक दृश्य देखिएको छ । चुनावमा कस्तो व्यक्तिलाई उम्मेदवार बनाइनुपर्छ ? मतदाताको स्वभाविक चाहना हुन्छ– राजनीतिक दलले सक्षम, इमानदार र भरोसायोग्य व्यक्तिलाई उम्मेदवार बनाऊन् । तर, मतदाताको त्यो चाहना दलहरूले निरन्तर लत्याइरहेका छन् ।

मतदाताको चाहनाबमोजिम सक्षम र इमानदारभन्दा पनि दल र नेताका स्वार्थ जोडिएका व्यक्तिलाई उम्मेदवार बनाउने अभ्यास कायमै छ । विगतदेखिनै देखिदै आएको यस्तो रोचक दृश्य यो पटकको निर्वाचनमा पनि देखिने भएको छ । राजनीतिक दलहरूभित्र निर्वाचनमा उम्मेदवार हुन नपाएकोमा थुप्रै नेताहरू असन्तुष्ट छन् । तर केही उम्मेदवारका दम्पती नै यसपटक चुनाव लडिरहेका छन् ।

आफुलाई परिर्वतनको मसिया ठान्ने प्रमुख राजनीतिक दलहरुले समेत यो पटक पार्टीभित्रका इमान्दार र जनतामाझ समेत लोकप्रिय नेताहरुलाई टिकट दिएनन् बरु पार्टी नेतृत्वले श्रीमान श्रीमतीलाई टिकट दिएर ति नेताहरुको ठूलो अपामान मात्रै गरेनन् मतदातालाई समेत चकित पारे । यसपटकको निर्वाचनमा केही निर्वाचन क्षेत्रहरु छन् जसमा प्रत्यक्षमा श्रीमान् उम्मेदवार हुँदा समानुपातिकमा श्रीमती उम्मेदवार छन् ।
कुन निर्वाचन क्षेत्रमा कस्का श्रीमान्– श्रीमती उम्मेदवार छन् ?
१. शेरबहादुर देउवा–आरजु राणा देउवा
नेपाली कांग्रेसका सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा १ बाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा चुनाव लड्दैछन् भने उनकी श्रीमती आरजु राणा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ उम्मेद्वार छिन् ।
२.बालकृष्ण खाँड–मञ्जु खाँण
नेपाली कांग्रेस नेता एव्म गृहमन्त्री बालकृष्ण खाण रूपन्देही ३ बाट निर्वाचन लड्दैछन् । उनकी श्रीमती मञ्जु खाण नेपाली कांग्रेसको समानुपातिकतर्फ उम्मेदवार छिन् ।
३. बर्षमान पुन–ओनसरी घर्ती
यो पटकको निर्वाचन उम्मेदवार बनेका अर्का भाग्यमानी दम्पती हुन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्ती । श्रीमान पुन रोल्पाबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार हुंदा उनकी श्रीमती पूर्वसभामुख ओनसरी घर्ती पनि काठमाडौं–२ बाट चुनाव लड्दैछन् ।
४. देवेन्द्र पौडेल–बलावती शर्मा
माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल र उनकी श्रीमती पनि यो पटक भाग्यमानी उम्मेदवारका रुपमा देखिए । श्रीमान् पौडेल बाग्लुङ २ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने उनकी पत्नी बलावती शर्मा प्रतिनिधि सभाकै लागि समानुपातिक तर्फको सूचीमा छिन् । नेता पौडेल हाल शिक्षामन्त्री छन् ।
५. रघुवीर महासेठ–जुलीकुमारी महतो
नेकपा एमालेका नेता रघुवीर महासेठ र जुलीकुमारी महतो पनि दम्पती हुन् । दुवै यसपटक प्रत्यक्ष निर्वाचन लड्दैछन् । रघुवीर धनुषा क्षेत्र नम्बर ३ र जुली धनुषाकै क्षेत्र नं ४ बाट उम्मेदवार छन् । जुली र रघुविर यसका मन्त्री समेत भैसकेका व्यत्ति हुन् । यानकी एमालेमा वौद्धिक र प्रभावशाली नेता मानिने घनश्याम भुसाल,भीम रावल लगायतका नेताहरुले यो पटक टिकट पाएनन् ।
६. अशोक राई–शुशिला श्रेष्ठ
जनता समाजवादी पार्टीका नेता अशोक राई र उनकी श्रीमती पनि भाग्यमानी जोडीको रुपमा देखिएका छन् । यो पटक राई सुनसरी–१ बाट चुनाव उठेका छन् भने उनकी श्रीमती सुशिला श्रेष्ठ समानुपातिक तर्फको सूचीमा छिन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बालकृष्ण खाँड–मञ्जु खाँण, #शेरबहादुर देउवा–आरजु राणा देउवा, #श्रीमान–श्रीमती

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं