Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

दाङमा शंकर पोखरेललाई चुनौती दिदैं रेखा शर्मा, यस्तो छ चुनावी अंकगणित


काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेलबीचको प्रतिष्पर्धा निक्कै रोचक हुने देखिन्छ ।

दाङ क्षेत्र नम्बर २ का उम्मेद्वार शंकर पोखरेल र रेखा शर्मालाई आफ्नो पक्षमा मत माग्न भ्याई नभ्याई छ । एमालेका महासचिव शंकर पोखरेललाई चुनाव जितेर आफू मात्रै होइन पार्टीको समेत साख जोगाउनुछ । माओवादी केन्द्रकी नेतृ रेखा शर्मालाई गठबन्धनको साथले बलियो उम्मेदवार बनाउदा पोखरेललाई चुनौति थपिएको छ ।

एमालेमा बैचारिक नेताको रुपमा चिनिएका पोखरेल २०५१ सालको संसदीय चुनावमा पहिलो पटक दाङबाट संसदमा प्रबेश पाए । तर, २०५६ मा उनी कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित भए । पहिलो संविधानसभा निर्वाचनमा पोखरेल समानुपातिकबाट सांसद बने । ०७० मा को संविधान सभाको निर्वाचनमा कांग्रेसका बुद्धिराम भण्डारीसँग पराजित भएका उनी २०७४ मा भने प्रदेशमा झरे ।

तत्कालीन वाम गठबन्धनबाट उम्मेद्वार बनेका पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बने । आफूले बुटवलबाट राजधानी दाङ सार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै त्यसको जस दिएर मतदाताले आफूलाई जिताउनेमा पोखरेल ढुक्क छन् । महासचिव पोखरेललाई यसपटक पनि चुनाव जित्न त्यति सहज भने छैन ।

पोखरेलका बिरुद्ध सत्ता गठबन्धनले माओवादी केन्द्रकी नेतृ रेखा शर्मालाई उम्मेदवार बनाएको छ । शर्मा २०७० दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद् बनेकी थिईन् । गठबन्धनकै बलमा चुनाव जित्ने उनको दाबी छ । स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा एमाले ३३ हजार ५ सय ९३, कांग्रेस २३ हजार २ सय १५, माओवादीले ८ हजार ५ सय १६, राप्रपा ३ हजार २ सय ६२, नेकपा एकीकृत समाजवादीले २ हजार आठ सय ६३ मत ल्याएका थिए ।

माओवादी, कांग्रेस र एकीकृत समाजवादी केन्द्रको मत जोड्दा ३४ हजार ५ सय ९४ पुग्छ । स्थानीय निर्वाचनको मत जोड्दा सत्तारुढ गठबन्धन एमालेभन्दा एक हजार मतले अगाडि देखिन्छ । यो क्षेत्रमा राप्रपाका भोलानाथ योगी, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी, नेकपा मालेका नेत्रप्रकाश पाण्डे, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पनि प्रतिष्पर्धामा हुँदा कसले बाजी मार्छ त्यो भने मंसिर ४ पछिको परिणाम कुर्नैपर्ने देखिन्छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दाङ क्षेत्र नम्बर २, #महासचिव शंकर पोखरेल, #माओवादी केन्द्रकी रेखा शर्मा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं