मंसिर ४ गते मतदानका दिन क–कसले पाउँछन् निर्वाध सवारी चलाउन ?
काठमाडौं । मंसिर ४ गते अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ ।
निर्वाचन आयोगले बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन सञ्चालन गर्न दिइने भएको हो ।
सञ्चारकर्मीहरुलाई सूचना विभाग वा सञ्चारगृहबाट जारी परिचय पत्रका आधारमा सवारी साधन चलाउन दिने आयोगले जनाएको छ ।
अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सवारी साधनलाई पनि नरोकिने निर्वाचन आयोगले जनाएको छ । तर, यस्ता सवारीमा मतदाता ओसार–पसार गर्न भने पाइनेछैन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #सवारी साधन
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्